मिस कल्चर बनिन् सरु अधिकारी

 

पोखरा १४ असोज ।

पाँचौ मिस कल्चर नेपाल २०१८ को उपाधी पोखरा विन्ध्यवासिनीकी सरु अधिकारीले हात पारेकी छिन् । विजेता अधिकारीले भिजि अटोमोवाइल्सले प्रदान गर्ने सुजुकी स्कुटर प्राप्त गर्ने भएकी छन् ।

पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिद्वारा आयोजित उक्त कार्यक्रममा फष्ट रनर अप सन्जु भट्टराई, सेकेण्ड रनर अप सेफिया परियार, थर्ड रनर अप निरुता भण्डारी, फोर्थ रनर अफ एलिसा श्रेष्ठ, भ्यूअर च्वाइस सुस्मिता बिक, अर्गनाइजर च्वाइस कञ्चन थापा मगर, विष्णु खत्री, मस्ट ट्यालेण्ट रिस्ता घिसिङले जित्न सफल भएका छन् ।

प्रतियोगितामा वेस्ट स्किन दिपा शर्मा, वेस्ट फिगर सन्जिता पाण्डे, वेस्ट क्याटवाक÷वेस्ट पर्सनालिटी विष्णु खत्री, मस्ट फोटो जेनिक निरुता भण्डारी, मस्ट कन्फिडेन्ट÷मस्ट पपुलर एलिसा श्रेष्ठ, मस्ट इन्टिलिजेन्ट÷वेस्ट कल्चरल ड्रेस शशि रानामगर, वेस्ट हेयर रिस्ता घिसिङ्ग, वेस्ट स्माइल सुस्मिता बिक, वेस्ट डान्स लिजा गुरुङ, मस्ट फ्रेण्डिली मिलिना आचार्य, मस्ट ब्यूटिफल कञ्चन थापामगर, मस्ट युनिक अम्सु गौतम, मस्ट पर्सनालिटी समिक्षा बिक, मस्ट क्रियटीभ सोफिया परियार, मस्ट एक्टिभ÷मस्ट डिसिपिलिन सपना सुनार, मस्ट हेल्पफुल सरु अधिकारी घोषित भए ।

‘हाम्रो सँस्कृति हाम्रो पहिचान, लोप उन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आयोजित प्रतियोगितामा १७ जना प्रतियोगीहरू सहभागी थिए । गत साउनबाट सुरु भएको प्रतियोगितामा कुल २५ जना युवतीहरू सहभागी थिए । कार्यक्रममा उनीहरूले लोपउन्मुख जातजातीका भेषभूषाहरू झल्काएका थिए ।

कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री बस्नेतले गण्डकी प्रदेश संस्कृतिको धनी प्रदेश रहेकोले संस्कृतिको संरक्षण गर्नु हामी सबैको दायित्व रहेको बताउँदै प्रदेश सरकार पनि यस काममा लागि रहने बताए । पुष्पाञ्जली फेसन एण्ड इभेन्टकी अध्यक्ष शोभा गौतमले यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जानकारी दिइन् ।

सो अवसरमा सडकका पेटीमा छाना, नाना र खाना नपाएर बञ्चित बनेकाहरूलाई संरक्षण गर्दै आइरहेको संस्था मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीलाई सम्मान गरिएको थियो । साथै, मानव सेवा आश्रममा आश्रीत लक्ष्मीनारायणहरूलाई लत्ता कपडाहरू पनि वितरण गरिएको थियो ।

यसैगरी कास्की जिल्लामा क्रियाशिल विभिन्न आमा समूहहरूलाई सम्मान समेत गरिएको छ । जसमध्ये संगठित आमा समूह, गणेश मिलन महिला समूह, आवाज आमा समूह, पुलचोक आमा समूह, विरुवा आमा समूह, विपि मार्ग आमा समूह, चनौटे कालिमाटि सहनसिल आमा समूह, सफल आमा समूह र सृजनशिल आमा समूह रहेका छन् ।

कार्यक्रममा सम्मानित व्यक्तित्व रामजी अधिकारी, प्रदेशसभा सदस्य दिपक कोइराला र कार्यक्रम संयोजक ज्ञानु तामाङ्ग लगायतले बोलेका थिए । प्रतियोगिताको निर्णयकहरूमा लेखक तथा समालोचक रेशम गिरी, ह्याप्पी बोर्डिङ्गका प्रिन्सिपल कविराज बराल, मिस कल्चर नेपाल २०१६ को बिजेता पवित्रा लामिछाने, संचारकर्मी कमल बराल र मोडल अनिल अधिकारी रहेको कार्यक्रम सह–संयोजक दिनेश शर्माले जानकारी दिए ।

You might also like

Comments are closed.