मिस तामाङ पोखराको ट्यालेण्ट तथा प्रिजजिङ राउण्ड

पोखरा, ५ माघ
मिस तामाङ पोखराको ट्यालेण्ट तथा प्रिजजिङ राउण्ड सम्पन्न भएको छ । शनिबार लेकसाइडको बिजी बि क्याफेमा सम्पन्न प्रतिभा प्रस्फुटन कार्यक्रममा सहभागीहरुले नृत्य, गायन, बक्तृत्वकला, कविता प्रस्तुत गरेका थिए ।
कार्यक्रमको निर्णायकहरुमा गीतकार तीर्थ तामाङ, पोखरेली युवा साँस्कृतिक परिवाका पुर्व अध्यक्ष सुरेश रानाभाट, गोल्डेन आइ टेलिभिजनका स्टेशन म्यानेजर अनिशा श्रेष्ठ रहेका थिए । उनीहरुको प्रस्तुतीको आधार बिभिन्न शिर्षकमा नम्बर प्रदान गरि प्रिजजिङ समेत गरिएको निर्णायक रानाभाटले बताए ।
कार्यक्रममा प्रतियोगीहरु सुस्मा लोप्चान, अमृता तामाङ, रिता लोप्चान, जेमिना घिसिङ, अस्मिता तामाङ, श्वेता पाख्रिन र सोफिया स्याङबोले नृत्य प्रस्तुत गरेका थिए ।
यसैगरि रिस्ता घिसिङ र आशा तामाङले गीत गाएका थिए । प्रिती तामाङ, मिनु थोकर र सोनी तामाङले बक्तृत्वकला प्रस्तुत गरेका थिए । कुसुम तामाङले कार्यक्रम स्थलमै चित्रकला बनाएर प्रस्तुत गरिन् भने सजना वाइवा कविता सुनाएकी थिइन् ।

सोनाम ल्होसारको अवसरमा बैदाम तामाङ समाज पोखराद्धारा आयोजित ल्होसार म्युजिकल फेस्टिभल तथा मिस तामाङ पोखरा नयाबजारको प्रदर्शनी केन्द्रमा रहेको डोममा हुने समाजका अध्यक्ष ज्याक तामाङले बताए । उनले भाषा संस्कृति जगेर्ना तथा पुस्ता हस्तान्तरणका लागि कार्यक्रम आयोजना गरिएको बताए ।

मिस तामाङ पोखरा २०१९ की बिजेतालाई ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँको साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने छ । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद २० हजार रुपैयाँ हात पार्नेछन् । भ्युर्वस च्वाइसका रुपमा एकजना प्रतिस्पर्धीलाई नगद १५ हजारले पुरस्कृत समेत गरिने कार्यक्रम संयोजक जयन्ती मोक्तानले बताईन् ।

ल्होसार म्युजिकल फेष्टिभल तथा मिस तामाङ पोखराको ग्राण्ड फिनाले अन्र्तराष्ट्रिय तामाङ परिषदका अध्यक्ष केएम तितुङको प्रमुख आतिथ्यतामा हुनेछ । कलाकार तथा बरिष्ठ पाइलट विजय लामा, प्रशान्त ताम्राकार कार्यक्रमको आकर्षण रहने छ । कार्यक्रममा पहिलो नेपाल आईडल बुद्ध लामाले सांगितिक प्रस्तुती राख्नेछन । कार्यक्रमको अफिसियल फोटोग्राफर सञ्जय शाक्य हुन । कोरियोग्राफी सुस्मिता पुनले गरेका छन् । कार्यक्रमलाई मुख्य प्रायोजन एक्पर्ट एजुकेशन एण्ड भिसा सर्भिसेज गरेको छ ।
कार्यक्रमबाट बचत रकम लेकसाइडमा निर्माणधिन रिन्छिङ तोर्जेत तामाङ शान्ति गुम्बा सहयोगार्थ खर्च गरिने छ ।

You might also like

Comments are closed.