मिस नेपाल २०१६ अश्मि श्रेष्ठ नेप्कम्सको सेमिनारमा

पोखरा, १४ जेठ
जेठ १७ गते चिप्लेढुङ्गा स्थित डि भिलेज रेष्टुरेण्टको सभाकक्षमा नेप्कम्स् सर्भिसेज पोखराको आयोजनामा एजुकेशन एण्ड करियर काउन्सलिङ २०१९ हुने भएको छ । कार्यक्रममा कक्षा १२ को परिक्षा दिएर बसेका, व्याचलर र मास्टर्स कोर्ष गर्न विदेश जान चाहना भएका विद्यार्थीहरुले सहभागी हुन सक्छन् । उक्त कार्यक्रममा विद्यार्थीहरुले मिस नेपाल वल्र्ड २०१६ अश्मि श्रेष्ठलाई भेट्ने मौका पाउनेछन् । श्रेष्ठले सफल भविष्य निर्माणको लागि अश्मि श्रेष्ठद्वारा करियर काउन्सलिङ सम्बन्धी सल्लाह सुझाव दिने छिन् । साथै युवा मोटीभेटर अन्तिम गुरुङले आफ्नो ‘द पावर अफ पजिटिभ थिंकिङ्ग’ विषयमा वोल्नेछन् ।

विद्यार्थी तथा अभिभावकहरुले अष्ट्रेलियाका कलेज तथा विश्व विद्यालयका प्रतिनिधिहरुलाई भेटि विदेश अध्ययन सम्बन्धी विविध विषयमा जानकारी लिन सक्नेछन् । साथै विद्यार्थीहरुलाई अष्ट्रेलिया, युसए, युके, न्यूजिल्याण्ड अध्ययन सम्बन्धी काउन्सलिङ, विदेशी विश्वविद्यालयहरुले प्रदान गर्ने स्कलरसिप, टोफल, आइएलटिस, स्याट जस्ता तयारी कक्षाहरु सन्वन्धी सुचना प्रदान गरिनेछ ।

विद्यार्थीको एकेडेमिक र आइएलटिस सर्टिफिकेटको आधारमा अन द स्पट एसेस्मेण्ट, शैक्षिकस्तर राम्रो भएका विद्यार्थीले स्कलरसिप प्राप्त गर्न सक्ने र सेमिनारमा सहभागी भएका विद्यार्थीले आइएलटिएस गर्न चाहेमा डिस्काउण्ट अफरको पनि व्यवस्था रहेको छ । विशेष गरी विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थी यसमा सहभागी भई कलेज, विश्वविद्यालयकको भर्ना प्रक्रिया, पढ्न लाग्ने शुल्क, स्कलरसिप, भिसा प्रोसेसिङ्ग र अष्टे«लिया पुगेपछिको बस्ने व्यवस्था, पार्ट टाइम जव आदी सम्बन्धी जानकारी लिन सक्नेछन् ।

युनिस्टार एजुकेशन नेप्कम्स् सर्भिसेजको पोखराको लागि आधिकारीक कार्यालय हो । युनिस्टारले आइएलटिएस तयारी कक्षाका साथै अष्टे«लिया लगायत अमेरिका, न्यूजिल्याण्ड, यूके, थाइल्याण्ड जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने गर्दछ । युनिस्टारले सर्टिफाइड काउन्सिलरबाट काउन्सिलिङ गर्दै आईरहेको छ । अष्ट्रेलियाका विभिन्न कलेज तथा युनिभर्सिटिको अथोराइज्ड रिप्रिजेन्टेटिभ पनि युनिस्टार हो । पोखरा, काठमाडौं तथा अष्ट्रेलियामा कार्यालयहरु छन् । विद्यार्थीहरुलाई नेपालमा मात्र नभई अष्ट्रेलियामा गएपछि आउने विभिन्न समस्या समाधानको लागि पनि युनिस्टारले सहयोग गर्छ नेप्कम्स् क्युइएसी सर्टिफाइड र अष्ट्रेलियन माइगे्रसन एजेण्टहरुद्धारा सञ्चालित एजुकेशन तथा माइग्रेसन सम्बन्धी परामर्श दिने संस्था हो ।

You might also like

Comments are closed.