मिस नेपाल २०१८ को पोखरा अडिसन हुँदै

पोखरा, २२ माघ ।
काडमाण्डौ जेसिजको एक महत्वपुर्ण र गौरवमय कार्यक्रम हिडन ट्रेजररको व्यवस्थापनमा सञ्चालित मिस नेपाल २०१८ को सस्करणको लागि पोखरा अडिसनको तयारी अन्तिम चरणमा पुगेको छ ।

पोखराको लेकसाइडमा हुने अडिसनको लागि पोखराका विभिन्न कलेजहरुमा २०७४ माघ २१ र २२ गते प्रमोशन तथा प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न भएका छन् । मिस पोखरा आयोजक संस्था पोखरा जेसिजले गत वर्षदेखि मिस नेपालको क्षेत्रिय संयोजकको रुपमा कार्य गर्ने गरि पोखरा अडिसनको जिम्मेवारी पाएको छ । मिस पोखराको विजेता मिस नेपालको विना अडिसन स्वत अन्तिम प्रतिस्पर्धामा सहभागी हुन पाउने छन ।

मिस नेपाल आयोजक संस्था हिडन ट्रेजररका डाइरेक्टर सुवर्ण क्षेत्री, मिस नेपाल २०१५ इभाना मानान्धर, मिस नेपाल २०१० सदिक्षा श्रेष्ठ, जेसिआई पोखराका अध्यक्ष शिव सुवेदी, पोखरा संयोजक जेसी देवराज शर्मा निवर्तमान अध्यक्ष शिव प्रसाद कोइराला, शिव प्रसाद सापकोटा, किरण केसी, श्रीकृष्ण सुनार, सुर्य वहादुर केसी, मिस पोखरा २०१७ ममता जोसी लागायतले मिस नेपाल २०१८ को अडिसनको लागी पोखाका धेरै कलेजहरुमा पुगी विभिन्न कार्यक्रमहरु मार्फत प्रवर्धन गरीरहेको जेसिआई पोखराका कार्यकारीणी उपाध्यक्ष तथा मिस पोखरा २०१८ का मुल संयोजक जेसी देवराज शर्माले जानकारी दिए ।

लाग्रान्डि इन्टरनेशलन कलेज, कन्या क्याम्पस, जनप्रिय वहुमुखी क्याम्पस, होटल म्यानेजमेन्ट कलेज, नोभेल एकेडेमी लागायत अधिकाँश कलेजहरुमा गरिएको कार्यक्रम वाट युवा महिलाहरु उत्प्रेरित भएकोले यहि माघ २३ गते मंगलवार वाटरफ्रन्ट रिसोर्ट लेकसाइडमा हुने अडिशनमा उल्लेख्य सहभागिता हुनेमा आयोजकहरु पुर्ण आशावदी रहेको समेत शर्माले बताए ।

You might also like

Comments are closed.