मिस पोखराः समाजमा अब्बल स्थापित गर्छ

मिस पोखरा १९९५ बाट शुरु भएको हो । यसको आयोजना पोखरा जेसिजले गर्दै आएको छ । पोखरा जेसिज १८ देखि ४० वर्षसम्मका युवाहरुको संस्था हो । यो युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने उद्देश्यले १९७५ मा स्थापना गरिएको हो ।

मिस पोखराको यो दशौं संस्करण हो । युवा नारीहरुको अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले मिस पोखरा आयोजना गरिएको हो । यस प्रतियोगितामा सहभागी प्रतियोगीलाई करिब डेढ महिनाको तालिम र अभ्यास मार्फत सक्षम बनाइन्छ । खास गरेर क्षमता विकास, नेतृत्व र व्यक्तित्व विकास, आर्थिक, सामाजिक, सांस्कृतिक, साहित्यिक ज्ञान, वक्तृत्व, उद्घोषण कला, नृत्य, क्याटवाक, सौन्दर्यलगायत सम्बन्धी तालिम प्रदान गर्नुका साथै पर्यटकीय गन्तव्यहरुमा लगेर उनीहरुलाई त्यसको महत्वका बारेमा विषयगत विशेषज्ञबाट तालिम तथा प्रशिक्षण प्रदान गरिन्छ । यसले उनीहरुको जीवनमा असाधारण परिवर्तन ल्याइदिन्छ । तालिम र प्रशिक्षणबाट खारिएपछि समाजमा अब्बल दरिन्छ । जतासुकै सफलता हात पार्छ ।

तालिम पश्चात ट्यालेन्ट सो गरिन्छ । शुरुमा २ चरणमा अडिसन गरिन्छ । शुरुमा एक सय भन्दा बढीबाट अडिसनमार्फत छनौट गरेर २१ जना छनौट गरिएको र फेरी अर्को चरणमा उनीहरु मध्येबाट उत्कृष्ट १७ छनौट गरिएको थियो । त्यसबाट विभिन्न चरणको तालिम र प्रशिक्षणबाट खरो उत्रिएका १५ जनालाई ग्राण्ड फिनालेको लागि छनौट गरिएको छ ।

मिस पोखराको ताज जित्नेले नगदसहित विभिन्न पुरस्कार त जित्छ नै । सँगसँगै सामाजिक पहिचान, एक हप्ते अष्टे«लियाको भ्रमण, मिस नेपालमा बिना अडिसन प्रतिष्पर्धा गर्न पाउने अवसर प्राप्त गर्नेछ । मिस पोखरा २०१८ को अन्तिम प्रतिस्पर्धा असोज २० गते शनिबार पोखरा सभागृहमा हुँदैछ ।

You might also like

Comments are closed.