मिस पोखराको उपाधि सारालाई

आर्थिक आवाज
पोखरा, २० असोज । जेसिज पोखराले आयोजना गरेको १०औँ संस्करणको मिस पोखराको ताज सारा बजिमयले पहिरिएकी छन् । शनिबार पोखरा सभागृहमा आयोजित ग्राण्ड फिनालीमा अन्य १४ जना प्रतिष्पर्धीलाई पराजीत गर्दै उनले उपाधि चुमेकी हुन् ।

प्रतियोगीतामा सुजिता केसी फस्ट रनर्सअप र मिनाश्री शर्मा सेकेन्डरनर्सअप बनेकी छन् । हिमाअस एजुकेसन कन्सल्टेन्सीको मुख्य प्रायोजन तथा कोशेली तेलको प्रस्तुतिमा प्रतियोगिता आयोजना भएको कार्यक्रम संयोजक देवराज शर्माले जानकारी दिए । कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पूर्णलाई जेसिज पोखराका अध्यक्ष शिव सुवेदीले धन्यवाद ज्ञापन गरेका छन् ।

You might also like

Comments are closed.