आर्थिक आवाज
पोखरा, ११ कात्तिक । जेसीआइ पोखराले शनिबार पोखरामा व्यावसायिक विकास क्षेत्र अन्तर्गतको शुभकामना आदानप्रदान तथा पारिवारिक वनभोज कार्यक्रमको आयोजना ग¥यो । युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्था जेसिआइ पोखराले सोही अवसरमा मिस पोखरा कार्यक्रम २०१८ को औपचारिक समापन पनि गरेको हो ।
कार्यक्रममा असोज २० गते पोखरा सभागृह हलमा अन्तिम प्रतिस्पर्धा सम्पन्न भएको हिमाअस मिस पोखराका मुख्य प्रायोजक हिमाअस एजुकेशन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक समिर थापा मगर, प्रजेन्टर कोसेली हेल्थ सनफ्लावर तेलका किशोर कुमार श्रेष्ठ, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछाने, पोखरा उद्योग वाणिज्य संघका सदस्य सोबित पौडेल, जेसिआइ पोखराका पूर्व अध्यक्ष तथा नेपाल जेसिजका उपाध्यक्ष गोबिन्द देवकोटा पूर्व अध्यक्षहरु नारायण शर्मा, दयाराम गौतम, पशुपति शर्मा, विष्णु बहादुर थापा, छवि सुवेदी मिस पोखरा २०१७ ममता जोशी, मिस पोखरा २०१८ सारा बजिमय, पोखरा लेडि जेसिज तथा लेखनाथ जेसिज तथा अन्यको सहभागीता थियो ।
सन्तोष ओझाले जेसिजको आस्था पाठ पढेर सुरु गरिएको कार्यक्रममा बच्चाहरुको तथा वयश्कहरुका लागि म्यूजिकल चियर घैंटो फूटाई कार्यक्रम समावेश गरिएको थियो । वनभोज कार्यक्रमको संयोजन सूर्यबहादुर केसी र शुभकामना आदानप्रदान कार्यक्रमको संयोजन सुरेन्द्र बास्तोलाले गरेका थिए । जेसिआई पोखराका अध्यक्ष शिव सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सूर्यबहादुर के.सी. र कार्यक्रमको सञ्चालन महासचिव गणेश गिरीले गरेका थिए ।