मिस पोखराको ग्राण्ड फिनाली शनिबार, ताजका लागि १५ युवती अन्तिम प्रतिष्पर्धामा

सन्देश श्रेष्ठ

मिस पोखरा २०१८ को अन्तिम प्रतिष्पर्धा असोज २० गते शनिबार हुने भएको छ । पोखरा जेसिजको आयोजनामा पोखरा सभागृहमा हुने मिस पोखरा २०१८ को अन्तिम प्रतिष्पर्धामा १५ युवतीहरु छन् । अन्तिम प्रतिष्पर्धामा लमजुङ सुन्दरबजारकी प्रिया गुरुङ, पोखरा बाँझापाटनकी श्रृष्टी हमाल, स्याङ्जा गल्याङकी पार्वती पाण्डे, लेखनाथकी मनिता जिसी, बागलुङ रामरेखाकी प्रियंका खड्का र पोखरा नयाँगाउँकी सुजिता केसी रहेका छन् ।

पोखरा भीमसेनटोलकी सारा बजिमय, विरौटाकी मीनाक्षी शर्मा, कास्की अर्मलाकी रेखा केसी, फुलबारीकी स्मृति विश्वकर्मा, भीरकोट स्याङ्जाकी रजनी थापा, लेखनाथकी कृष्मा गिरी, तनहुँ दमौलीकी शिवा कार्की र माटेपानीकी समीक्षा खत्री छन् । प्रतिष्पर्धाबाट विपना बानिया र समीक्षा त्रिपाठी बाहिरिसकेका छन् । उत्कृष्ट १७ मा परेका उनीहरु उत्कृष्ट १५ छानिदा प्रतिष्पर्धाबाट बाहिरिएका हुन् ।

प्रतियोगीहरुलाई करिब डेढ महिनासम्म बन्द शत्रमा राखेर अभिमुखीकरण तथा तालिम दिएर सक्षम बनाइएको छ । उनीहरुलाई उत्प्रेरणा, उद्घोषण तथा वक्तृत्वकला, डान्स, हेल्थ टिप्स, बैंकिङ तथा आर्थिक व्यवस्थापन, स्वास्थ्य तथा दाँत सम्बन्धी, पर्यटन, व्यक्तित्व विकास लगाएतका विषयमा सम्बन्धित विषयका विज्ञहरुद्वारा तालिम प्रदान गरेर हरेक क्षेत्रमा निपूर्ण बनाइएको मिस पोखरा २०१८ का मुल संयोजक तथा पोखरा जेसिजका मुल संयोजक जेसी देवराज शर्माले जानकारी दिए ।

मिस पोखराको दशौं श्रृंखलालाई हिमा अस एजुकेशन कल्सल्टेन्सीले मुख्य प्रायोजन गरेको छ । कोसेली हेल्थ सनफ्लावर तेलको प्रस्तुतीमा हुन लागेको मिस पोखराको सहप्रयोजकमा क्वीन्सफोर्ड कलेज अष्ट्रेलिया र यामाहाको रे–जेड स्कुटर रहेका छन् ।

मिस वेस्ट पर्सनालिटिमा वाराही इन्टरनेट टेक्नोलोजिज प्राली, वेस्ट इन्टलेक्टमा गोल्डेनगेट इन्टरनेशनल कलेज, वेस्ट क्याटवाकमा मेट्रिक्स एरिना, वेस्ट स्माइलमा लभवर्ड आइसक्रिम, वेस्ट ड्रेस चेरिस्मा इम्पोरियम, वेस्ट ट्यालेन्टमा कान्तिपुर टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, वेस्ट हेयरमा द जावेद हविव, वेस्ट फोटोजेनिकमा डक्टर्स डेन्टल एण्ड इम्प्लान्ट सेन्टर, वेस्ट पपुलारिटिमा हाम्रो बैठक घर, मिस भ्युअर च्वाइसमा परिचय एर्डभटाइजिङले स्पोन्सर गरेको सो कार्यक्रममा ओएसिस एजुकेशन कन्सल्टेन्सि, वाटर फ्रन्र्ट रिर्सोट, फिस्टेल रिसोर्ट, पेभिलियन हिमालयन लज, ओम गार्मेन्ट, एम वे टुर्स एण्ड ट्राभल्स, दिमोर्डन अफसेट प्रेस, ट्रिनिटि एजुकेशन कन्सल्टेन्सि लागएतको स्पोन्सर रहेको छ ।

मिस पोखराको वैकिंङ पार्टनर एभरेष्ट वैँक, रेष्टुरेन्ट पार्टनरमा मुग्लान रेष्टुरेन्ट, होटल पार्टनरमा पोखरा बाटीका र डाँफे होटल, क्राउन पार्टनरमा पर्वत तोला आभुषण, टेलिभिजन पार्टनरमा जनता टेलीभिजन र पोखरा टेलिभिजन, रेडियो पार्टनर विग एफ एम, मेकअप पार्टनरमा गुरुङ व्यूटी पार्लर, ट्राभल पार्टनरमा कम्युनिटी नेपाल टुर्स एण्ड ट्राभल्स, फोटोग्राफी पार्टनरमा एस टु प्रोडक्सन, भेनु पार्टनरमा रञ्जित इभेन्ट सेन्टर, ड्रेस पार्टनरमा चेरिस्मा इम्पोरियम र साउन्ड पार्टनरमा एसके साउन्ड रहेका छन् । प्रतियोगितामा सहयोगी संस्थाको रुपमा पोखरा महानगरपालिका र नेपाल टेलिकम रहेको छ भने प्रवद्र्धकमा नेपाल टुरिजम बोर्ड र परिचय एर्डभरटाइजिङ रहेका छन् । साथै विग वाइन, बाबा फाउण्डेसन र रारा तयारी चाउचाउको पनि सहयोग रहेको छ । मिस नेपाल पछिको दोस्रो ठुलो सौन्दर्य प्रतियोगीताको रुपमा चिनीने मिस पोखरा कार्यक्रम युवा नारीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गराउने महत्वपुर्ण कार्यक्रम हो ।

व्युटि विथ व्रेनको स्लोगन सहित आयोजना गर्न लागिएको सो कार्यक्रमकी विजेताले यो वर्ष एक हप्ताको अष्ट्रेलिया भ्रमण गर्न पाउने छन् । साथै मिस पोखरा बिजेता मिस नेपालको अन्तिम प्रतिस्पर्धामा समेत स्वतः प्रवेश समेत पाउने आयोजकले जनाएको छ । आयोजक पोखरा जेसिज १८ देखि ४० वर्ष भित्रका युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने अग्रणी संस्था हो । जसले १९९५ देखि नारीहरुको अन्र्तनिहित प्रतिभा प्रष्फुटन गर्ने उद्देश्यले मिस पोखरा आयोजना गर्दै आएको छ ।

You might also like

Comments are closed.