समिर थापा मगर
प्रवन्ध निर्देशकः हिमाअस पोखरा
हिमाअसले मिस पोखरा २०१८ लाई मुख्य प्रायोजन गरी सहकार्य गरेको छ । सन् २००८ देखि सञ्चालनमा आएको हिमाअस एजुकेसन कन्सल्टेन्सीको कार्यालय विभिन्न स्थानमा छन् । अष्ट्रेलियाको सिड्नी, मेलवर्न, व्रिसवेन लगायतका शहरमा कार्यालय छन् भने थाइल्याण्ड तथा नेपालको काठमाडौं र पोखराबाट हिमाअसले सेवा प्रदान गरिरहेको छ ।
पोखरा, काठमाडौ र अष्ट्रेलियाका विभिन्न शहरमा कार्यालय रहेका कारण नेपाली विद्यार्थीलाई सहज भएको बताउँछन् हिमाअस पोखराका प्रवन्ध निर्देशक समिर थापा मगर । ‘परामर्श सेवा प्रदान गर्नुका साथै कन्सल्टेन्सीले विद्यार्थीको अभिभावकीय जिम्मेवारी पनि वहन गर्दै आइरहेको छ,’ उनले भने ।
दक्ष तथा अनुभवी काउन्सेलरले विद्यार्थीलाई काउन्सिलिङ गर्दै आइरहेका छन् । विभिन्न प्रक्रियामा सहयोग गर्नुका साथै अष्ट्रेलिया पुगेपछि पिकअप तथा सेटल हुन पनि यसले सहयोग गर्ने गरेको सञ्चालक राजमान थकालीले जानकारी दिए । विद्यार्थीलाई सहज होस भनेर विभिन्न जव रेडी प्रोगामा पनि कन्सल्टेन्सीले संचालन शुरुवात गरेको छ । वरिष्टा, वार टेण्डर, वेटर, हाउस किपिङ लगायतका प्रोग्राम हिमाअस पोखरामा सञ्चालन भइरहेको छ ।
कन्सल्टेन्सीले ब्लु स्काईसँग सहकार्य गरेको छ । ब्लु स्काईसँग सहकार्य गरेसँगै अष्ट्रेलियाका प्राय सबै युनिभर्सिटीको प्रतिनिधित्व आफूहरुले गर्न सफल रहेको उनले बताए । सस्तोदेखि महङगो कलेज तथा युनिभर्सिटीसँग सहकार्य गरेकाले विद्यार्थीको आर्थिकस्तर अनुसार कलेज तथा युनिभर्सिटी छान्न सहयोग गर्ने थकालीले जानकारी दिए ।
मिस पोखरा २०१८ को अन्तिम प्रतिस्पर्धा असोज २० गते शनिबार पोखरा सभागृहमा हुँदैछ ।
Comments are closed.