प्रकाश पाण्डे
नेपाल प्रमुख, क्विन्स फोर्ड कलेज
मिस पोखरा एउटा ब्राण्ड हो । यो प्रतियोगिताका लागि हाम्रो कलेजले सहकार्य गर्न पाउनु हाम्रो लागि गौरवको कुरा हो । लामो समयदेखि आयोजना हुँदै आएको यस प्रतियोगिताले युवतीहरुको क्षमता अभिबृद्धि गर्ने, उनीहरुमा रहेको क्षमता प्रष्फुटन गराउने, सामाजिक, सांस्कृतिक महत्व दर्शाउने, नेतृत्व क्षमता बृद्धि गर्नेलगायतका विभिन्न पाटाहरुमा तालिम दिएर उनीहरुलाई सक्षम बनाउने काम गर्छ । यसले गर्दा उनीहरुमा आत्मविश्वास बढाउँदै सामाजिक उत्तरदायित्वको बोधपनि गराउँछ । त्यसैले यस प्रतियोगिताको पोखरा मात्र नभई राष्ट्रिय स्तरमा पनि चर्चा हुन्छ । हामीले नारि सशक्तिकरण र समाज रुपान्तरण गर्न सघाउने यस प्रतियोगितालाई ब्राण्डिङ गर्ने र कलेजको पनि प्रचारमा सघाउ पुग्ने भएकाले प्रायोजन गरेका हौं ।
हाम्रो यस क्विन्स फोर्ड कलेज २००८ मा अष्टे«लियाको ब्रिजबेनमा स्थापना भएको हो । यसको हाल अष्टे«लियाको सिड्नीस्थित पारामाटा र एडिलेड गरी ३ ठाउँमा कलेज छ । यस कलेजमा नेपालसहित ५२ देशका विद्यार्थीहरु अध्ययनरत छन् । नेपालजस्ता देशहरुबाट माध्यमिक शिक्षा प्लस टु पास गरेका विद्यार्थीहरु सर्टिफिकेट ३, सर्टिफिकेट ४, डिप्लोमा, एडभान्स डिप्लोमा पढ्न जान्छन् । यो कोर्ष पूरा गरेमा यसले नेपालको स्नातकसम्मको मान्यता पाउँछन् । हाम्रो कलेजले एकाउन्टिङ, बिजनेस, लिडरसीप एड म्यानेजमेन्ट, एज्ड केयर, नर्सिङ चाइल्ड केयर, आइटी, हस्पिटालिटी म्यानेजमेन्टलगायतका कोर्षहरु अध्यापन गराउँछ ।
मिस पोखरा २०१८ को अन्तिम प्रतिस्पर्धा असोज २० गते शनिबार पोखरा सभागृहमा हुँदैछ ।
Comments are closed.