मिस पोखरा –२०१८ को मुख्य प्रायोजकमा हिमा अस एजुकेशन, विजेतालाई १ हप्ताको अष्ट्रेलिया भ्रमण

पोखरा, २६ असार ।

१८ देखी ४० वर्ष भित्रका युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने अग्रणी संस्था पोखरा जेसीजले सामुदायिक विकास क्षेत्र अन्तर्गतको वहु प्रतिक्षित कार्यक्रम सिम पोखरा कार्यक्रम २०१८ को मुख्य प्रायोजन हिमा अस एजुकेशन कन्सल्टेन्सीले गर्ने भएको छ ।
मिस पोखरा कार्यक्रमका मुल संयोजक जेसी देवराज शर्मा र हिमा अस एजुकेशन कन्सल्टेन्सिका प्रबन्ध निर्देशक समिर थापाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

मिस नेपाल पछिको दोस्रो ठुलो सौन्दर्य प्रतियोगीताको रुपमा चिनीने मिस पोखरा कार्यक्रम युवा नारीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गराउने महत्वपुर्ण कार्यक्रम हो । जसबाट युवा नारीहरुले आफुभित्र रहेको क्षमतालाई प्रस्फुटन गराई समाजमा आफ्नो नेतृत्व स्थापित गर्न सक्दछन् ।

व्युटि विथ व्रेनको स्लोगन सहित आयोजना गर्न लागीएको सो कार्यक्रमकी विजेताले यो वर्ष एक हप्ताको अष्ट्रेलिया भ्रमण गर्न पाउने छन् । अष्ट्रेलिया, काठमान्डौ, पोखरा लगायत विभिन्न स्थानबाट शैक्षिक परामर्श दिँदै आएको हिमा अस एजुकेशन कल्सल्टेन्सिले विजेतलाई आफ्नै खर्चमा एक हप्ता भ्रमणमा लैजाने गरी आयोजक पोखरा जेसीज र प्रायोजक हिमा अस एजुकेशन कन्सल्टेन्सि विच समझदारी भएको हो । साथै मिस पोखरा विजेताले मिस नेपालको अन्तिम प्रतिस्पर्धामा समेत स्वत प्रवेश पाउने व्यवस्था छ ।

मुख्य प्रायोजकको नामबाट कार्यक्रमको नाम समायोजन पोखरा जेसीजको विगतको प्रचलन मुताविक मिस पोखरा कार्यक्रम २०१८ को नाम अव हिमा अस मिस पोखरा २०१८ हुने पोखरा जेसीजका अध्यक्ष जेसी शिव सुवेदीले जानकारी दिए । साथै पोखरा जेसिजसँग यो महत्वपुर्ण कार्यक्रममा सहकार्य गर्ने अवसर प्रदान गरेकोमा हिमा अस एजुकेशनका प्रबन्ध निर्देशक समिर थापाले आयोजकलाई धन्यवाद सँगै खुसी समेत व्यक्त गरेका छन् ।

You might also like

Comments are closed.