मिस पोखरा २०१८ सारा मिस नेपाल २०१९ को अन्तिम चरणमा

पोखरा, २३ बैशाख

हिडन ट्रेजरद्वारा आयोजित मिस नेपाल २०१९ को ग्राण्ड फिनाले बैशाख २६ गते विहिवार ल्याब्रोटरी उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा हुनेछ ।

ग्राण्ड फिनालेको लाईभ बेलुका ७ बजे देखि एनटिभि र एनटिभि प्लसबाट हुनेछ । मिस नेपाल २०१९ को अन्तिम प्रतिश्पर्धामा देशभरिका २५ जना सहभागी छन् । विभिन्न जिल्लामा सम्पन्न भएको अडिसन पश्चात २५ जना छानिएका थिए । जस अन्तर्गत मिस पोखरा २०१८ को विजेता सारा बजिमय (कन्टेस्टेण्ट नं १३) पनि मिस नेपाल २०१९ मा सहभागी हुदैंछिन् । पोखरा जेसीजद्वारा आयोजना गरिने मिस पोखराको विजेताले हिडन ट्रेजरसँगको सम्झौता अनुसार मिस नेपालको अडिसनमा भाग लिनु पर्दैन । सिधा तालिममा सहभागी हुन पाउँछन् । पोखरा जेसीज १८ देखी ४० वर्ष भित्रका युवाहरुको व्यक्तित्व र नेतृत्व क्षमताको विकास गर्ने संस्था हो । यस संस्थाले मिस पोखरा लगायत विभिन्न तालिमहरु र समाजमा लक्षित विविध कार्यक्रमहरु गर्ने गर्दछ ।

यतिवेला मिस पपुलर, यामाहा फेस अफ फ्यासिनो लगायत विभिन्न टाइटलहरुमाका लागि भोटिङको शुरुवात भएको छ । मिस पपुलरमा भोटिङको लागि विप म्यासेन्जर भन्ने एप्लिकेसन डाउनलोड गरेर लगइन गर्ने, डिस्कभर म्ष्कअयखभच मा गएर मिस नेपाल २०१९ सर्च गर्ने, त्यस पछि सारा बजिमयको फोटो छानेर जतिपनि भोट गर्न सकिने छ ।

त्यसैगरि यामाहा फेस अफ फ्यासिनो को लागि यामाहा नेपालको फेसबुक पेजमा गएर सारा बजिमयको फोटोमा लाइक, कमेन्ट र सेयर गर्नुपर्नेछ । यसरी भोटिङ्ग गर्दा लाइक को ५ पोइन्ट, कमेन्टको ५ पोइन्ट र सेयरको १० पोइन्ट आउनेछ ।

लिभोन मिस व्युटिफुल हेयरको लागि लिभोनको एप्लिकेसन डाउनलोड गरि सारा बजिमयको फोटोमा गई भोट गर्नुपर्नेछ । यसको लागि एकजनाले २० पटक सम्म भोट गर्न मिल्नेछ ।

बर्जर मिस ग्लामर को लागि बर्जर पेन्टस् नेपालको फेसबुक पेजमा गई मिस नेपाल २०१९को सहभागिहरुमध्ये सारा बजिमयको फोटोमा गई लाईक, कमेण्ट र सेयर गर्न सकिने छ ।

भोटिङ्ग बैशाख २६ गते बेलुका ८ः०० बजे सम्म मात्र गर्न पाइनेछ । मिस पोखरा, पोखराको गौरव सारा बजिमयलाई आफनो भोट दिएर सहायोग गर्नको लागि पोखरा जेसिसले आग्रह गरेको छ ।

You might also like

Comments are closed.