मुक्तक सेतो संसारको बारेमा जानकारी

पोखरा, १४ माघ
पोखरा बाङ्गमय प्रतिष्ठानको आयोजनामा संचारउद्यमि, गायक संगितकार तथा साहित्यकार देशभतm सिंह कुँवरको ऐतिहासिक कृति एक घण्टा तिस मिनेटमा लेखन कार्य समाप्त गरीएको मुक्तक सग्रह सेतो संसार को बारेमा विशेष जानकारी शनिबार एक कार्यक्रमका बिच सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्षता गदै सर्जक देशभतm सिंह कँुवरले एक घण्टा तिस मिनेटमा लेखन समाप्त भएको उक्त कृति सेतो संसारको बारेमा पत्रकारको जिज्ञाशा लाई मेटाएका थिए । कार्यक्रममा संस्थाका महासचिब रामजि प्रसाद आर्चायले संगै बस्दै गर्दा मेरै अगाडि कुँवरले डेढ घण्टामा सेतो संसार नाम दिइएको ११२ वटा मुक्तक तयार पारेको जानकारी दिदै साहित्यक क्षेत्र प्रतिको लगनशिलता र तत्काल कुनै पनि साहित्य बिधामा सजिलै कलम चलाउन सक्ने ब्यक्ति भएको बतए ।

उक्त कार्यक्रमका प्रमुख अतिथि प्रा. डा यम बहादुर क्षेत्रीले आफुले देशभतm सिंह कुँवरको बारेमा नजिक बाट जानेको र मुक्तक सेतो संसारको सफलताको शुभकामना दिएका थिए । कार्यक्रममा संस्थाको उपाध्यक्ष तिर्सना गुरुङ्गले स्वगत मन्तब्य र कार्यक्रम संचालन अम्बिका राणाला थिए ।

You might also like

Comments are closed.