मुक्तिनाथका सञ्चालकहरुले लिए राष्ट्रबैंक समक्ष सपथ

आर्थिक आवाज
पोखरा । मुक्तिनाथ विकास बैंक लिमिटेडका सञ्चालकहरुले सपथ ग्रहण गरेका छन् । बैंकको १३औं वार्षिक साधारणबाट आगामी चार वर्षको लागि नयाँ सञ्चालक समितिको चयन भएको थियो ।

साधारणसभाले संस्थापक सेयरधनीका तर्फबाट भरतराज ढकाल, गजेन्द्रमान श्रेष्ठ र रवीन्द्रमान श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीका तर्फबाट निर्मला कुमारी के.सी. (कार्की) र शालिग्राम मिश्रलाई सर्वसम्मत सञ्चालक चयन गरेको थियो ।

बैंकले विभिन्न क्षेत्रमा लामो अनुभव भएका प्रतिष्ठित व्यक्तिहरुलाई सञ्चालक बताएको छ । नवगठित सञ्चालकहरुको पहिलो बैठकले भरतराज ढकाललाई सर्वसम्मत अध्यक्ष चयन गरिसकेको छ । बैंकको स्थापना कालदेखि १२ वर्षसम्म प्रमुखकार्यकारी अधिकृत रहेर सेवा गरेका अध्यक्ष बनेर बैंकसँग पुन जोडिएका छन् ।

अध्यक्ष भरतराज ढकालले नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । अन्य नवनिर्वाचित सञ्चालकहरुलाई बैंकका अध्यक्ष ढकालले सपथ ग्रहण गराए ।

४२ जिल्लामा १ सय ३४ वटा शाखामार्फत बैंकिङ सेवा प्रदान गर्दैै आइरहेको बैंकले सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । प्रविधिमा आधारित रही मोबाईल बैंकिङ, क्यूआर पेमेन्ट, एटिएम, अनलाइन बैंकिङ लगायतका सेवाहरु पनि बैंकले प्रदान गर्दै आइरहेको प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.