मुक्तिनाथको सञ्चालन मुनाफा १ अर्ब २ करोड रुपैयाँ

पोखरा, १७ साउन ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७४÷०७५ सम्ममा ३० अर्ब ३५ करोड रुपैयाँ निक्षेप संकलन गरी २५ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । बैंकले सो अबधिमा १ अर्ब २ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले निक्षेपतर्फ गत आर्थिक वर्षको तुलनामा ८१ प्रतिशत र कर्जा प्रवाहमा ६५ प्रतिशतले बृद्धि गरी सञ्चालन मुनाफा ३३ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । बैंकको निष्कृय कर्जा अनुपात गत वर्ष भन्दा अझै कम गर्दै ०.००४४ प्रतिशत कायम गर्न सफल छ । बैंकको प्रति सेयर आम्दानी रु २२.२२ रुपैयाँ छ ।

बैंकले आफूलाई विकास बैंकको माझमा नियमित कारोबारबाट नै संभावित नोक्सानी ब्यवस्था अगाडिको सञ्चालन मुनाफा रु १ अर्ब भन्दा बढी गरी निक्षेप र कर्जातर्फ पनि अग्रणी विकास बैंकको रुपमा आफूलाई स्थापित गर्न सफल भएको छ । गत वर्षहरुको उपलब्धिलाई निरन्तरता दिंदै आगामी वर्षहरुमा थप सेवा सुविधा बृद्धि गर्दै लैजाने बंैकले लक्ष्य लिएको विज्ञप्तिमा उल्लेख छ । बैंकले ९५ शाखा कार्यालयबाट वित्तीय सेवा प्रदान गरिरहेको छ ।

You might also like

Comments are closed.