मुक्तिनाथको होटल ग्रान्ड सम्बालालाई ‘ट्राभलर्स च्वाइस अवार्ड’

काठमाडौं । मुस्ताङको मुक्तिनाथ क्षेत्रमा रहेको होटल ग्रान्ड सम्बालाले सन् २०२० को ट्राभलर्स च्वाइस अवार्ड प्राप्त गरेको छ । विश्व प्रसिद्ध ट्राभल वेवसाइट कम्पनी ट्रिप एडभाइजरले होटललाई सो अवार्ड प्रदान गरेको हो ।

मुक्तिनाथ तथा मुस्ताङ जिल्लामा जाने पर्यटकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको होटलले ट्राभलर्स च्वाइसको अवार्ड पाउँदा आफूहरु निकै उत्साही भएको सञ्चालक सुरज गुरुङ बताउँछन् । यस अगाडि २०१९ पनि उक्त अवार्ड पाएको थिए ।

सन् २०१५ अगस्टदेखि सञ्चालनमा आएको होटलमा २६ वटा रुम छन् । ५ वटा डिलक्स र २१ वटा स्टान्डर्डका रुम छन् ।

धार्मिक पर्यटनको रुपमा विश्व प्रसिद्ध मुक्तिनाथ क्षेत्रमा रहेको होटल ग्राण्ड साम्वलाले पर्यटकको रोजाईमा पर्न सफल भएको र पर्यटकको मायाका कारण नै अर्वाड प्राप्त गरेको गुरुङ बताउँछन् । ५४१६ मिटर उचाइमा रहेको विश्व प्रशिद्ध अन्नपूर्ण ट्रेलको थोरङला पास गएर आएपछि गन्तव्य मुक्तिनाथ हो ।

You might also like

Comments are closed.