आर्थिक आवाज
पोखरा । मुक्तिनाथ विकास बैंक अन्तर्गत रहेको आफ्नै रेमिट मुक्तिनाथ रेमिटले रेमिट्यान्स (विप्रेशण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुसीको वहार’ अभियानका भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरेको छ । चाडपर्वलाई लक्षित गरी गत भदौ १ देखि कात्तिक ३० गतेसम्म लागू हुने गरी उपहार योजना सञ्चालन भएको थियो ।
अभियान अन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ रेमिटबाट पैसा पठाउने वा कुनै पनि रेमिट्यान्स मार्फत पठाएको रकम मुक्तिनाथ विकास बैंकबाट लिने ग्राहक मध्यबाट भाग्यशाली विजेताहरुलाई विभिन्न ७६ पुरस्कारहरु वितरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।
७६ पुरस्कारहरुमध्ये २५ जनालाई व्लुटुथ स्पिकर, २० जनालाई प्रेसर कुकर, १५ जनालाई स्मार्ट मोबाइल सेट, ७ जनालाई ३२ इन्चको स्मार्ट एचडि टिभी, ५ जनालाई २ सय लिटरको फ्रिज, ३ जनालाई ल्यापटप र १ जनालाई स्कुटर वितरण गरिएको हो । भाग्यशाली विजेताहरुको घोषणा २०७६ मंसिर १५ गते आइतबार ३ बजे विकास बैैंकको फेसकुक पेज मार्फत लाइभ गरिएको थियो ।
मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १ सय ३४ वटा शाखाहरुमार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ । प्रविधिमा आधारित रही मोबाईल बैंकिङ, क्यूआर पेमेन्ट, एटिएम, अनलाइन बैंकिङ लगायतका सेवाहरु पनि प्रदान गर्दै आइरहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।


Comments are closed.