मुक्तिनाथ विकास बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

 

काठमाडौं ।  मुक्तिनाथ विकास बैंक लि.का भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ प्रयोगकर्ता ग्राहकहरुलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्दै बैंकले काठमाडौंमा रहेका स्वास्थ्य संग सम्बन्धित विभिन्न संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने सम्झौता गरेको छ ।

जस अन्तर्गत, बसुन्धारामा रहेको काठमाडौँ नेचुरोप्याथी अस्पताल, लाजिम्पाटमा रहेको भिजन कन्सर्न, अनामनगरमा रहेको डाक्टर अन कल, लाजिम्पाटमा रहेको सुरिया हेल्थ कियर र कमलपोखरीमा रहेको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटोरीमा ग्राहकले छुट पाउने प्रमुख सुचना अधिकारी तीलबहादुर गुरुङले जानकारी दिए ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई काठमाडौं नेचुरोपेथी अस्पतालकोे सम्पूर्ण उपचारमा १० प्रतिशत, भर्ना भएर बस्ने बिरामीका लागि शैयामा १० प्रतिशत, चिकित्सक परामर्श शुल्कमा १५ प्रतिशत र स्पा सम्बन्धी सम्पूर्ण सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

लाजिम्पाट, चाबहिल र बौद्धमा रहेको भिजन कन्सर्नका विभिन्न सेवा जस्तै, लोकल अप्टिकल सामानमा २५ प्रतिशत, कन्ट्याक्ट लेन्समा १० प्रतिशत र ब्रान्डेड अप्टिकल सामानमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

काठमाडौें अनामनगरमा रहेको डाक्टर अन कलको विभिन्न सेवा लिदा २० प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ । यस सेवा अन्तर्गत स्वास्थ्य सम्बन्धी सेवा जस्तै डाक्टर परामर्श, फिजियोथेरापी, नर्सिङ्ग कियर, औषधी डेलिभरी र अन्य ल्याबोरेटोरी सेवा घरबाटै लिन सकिनेछ ।

त्यसै गरी, काठमाडौं लाजिम्पाटमा रहेको सुरिया हेल्थ कियरमा पनि विभिन्न डायग्नोस्टिक सम्बन्धी सेवामा १० प्रतिशत छुट र अहिले विषम परिस्थीतिलाई लक्षित गरी PCR परिक्षणमा रु ४०० को विशेष छुटको व्यवस्था गरिएको छ ।

कमलपोखरीमा रहेको सेन्ट्रल डायग्नोस्टिक ल्याबोरेटोरीमा पनि PCR परिक्षणमा १० प्रतिशत र अन्य सेवामा १५ प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिड–१९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ । साथै बैंकको ग्राहकले VISA Network अन्तर्गत जुन सुकै बैंककोATM  बाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.