lcci festival

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई विभिन्न व्यवसायिक संस्थामा छुट

मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरुलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नका लागि विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।

मुक्तिनाथ बैंकले विभिन्न प्रतिष्ठित व्यवसायिक संस्थाहरुसंग सहकार्य गरेको छ, जसअन्तर्गत, NEPMEDS Online Pharmacy, Easy Care Online Pharmacy, Alma Artes (Watch Company ), Bajeko Sekuwa रहेका छन् । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोवाईल बैंकिङ प्रयोगकर्ता ग्राहकहरूले उल्लेखित कम्पनीहरुबाट सेवा सुविधा लिदा १५% सम्मको छुट पाउने व्यवस्था गरिएको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए । ।

बैंकले Balance Certificate, Cheque Book, Good For Payment Cheque जारी शुल्क र अन्तरशाखा बैंकिङ कारोबार सेवा निःशुल्क गरेकोे छ । साथै बैंकको ग्राहकले VISA Network अन्तर्गत जुन सुकै बैंकको ATM बाट विना शुल्क रकम झिक्न सकिने व्यवस्था गरिरहेको छ ।

You might also like

Comments are closed.