मुक्तिनाथ विकास बैंकका दुई शाखा एकै साथ

 

पोखरा, ११ चैत ।
आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशभरी नै आफ्ना शाखा सञ्जालहरु विस्तार गरेको छ। यसै क्रममा दाङ जिल्लाको घोराही र वर्दिया जिल्लाको गुलरीयामा दुई शाखा कार्यालय एकैसाथ विस्तार भएका छन् ।

घोराही शाखाको शुभारम्भ गर्दै घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरीले बैकले आफ्नो उत्कृष्ट सेवालाई कायम राख्दै आगामी दिनमा अझै उत्कृष्ट सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।

गुलरीया शाखाको शुभारम्भ गर्दै गुलरीया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताए । यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नुपर्नेमा जोड दिदै हुँदै बैकको प्रगतिको शुभकामना व्यक्त गरे ।

शाखा कार्यालयहरुको शुभारम्भ समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्द बहादुर राउत, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।

मुक्तिनाथ विकास बैंक लि.ले देशैभरी ११४ वटा शाखा, २२ वटा ए.टि.एम. र करिब छ लाख ग्राहकलाई आधुनिक बैंकिङ, लघुवित्त बैंकिङ र ग्रामीण बैंकिङ सेवाहरु प्रदान गर्दै आएको बैंकका सुचना अधिकृत तिल बहादुर गुरुङले जानकारी दिए । आफ्ना ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ए.टि.एम.कार्ड सेवा, ए.बि.बि.एस जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।

You might also like

Comments are closed.