मुक्तिनाथ विकास बैंकको नयाँ शाखा दाङको तुलसीपुरमा

पोखरा, १४ चैत ।
मुक्तिनाथ विकास बैंक लि.ले शाखा विस्तारको क्रममा तुलसीपुरमा शाखा संचालनमा ल्याएको छ । दाङ क्षेत्र नं. ३ का प्रतिनिधी सभा सदस्य हिराचन्द्र के.सी. ले शाखाको उद्घाटन गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका कम्पनी सचिव  डण्डपानी ढकालले स्वागत मन्तव्य राखेका थिए भने बैंकका क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले बैंकको वर्तमान अवस्था र भावी योजनाको वारेमा जानकारी दिएका थिए । कार्यक्रममा तुलसीपुर उप.म.न.पा. की उप–मेयर माया शर्मा अचार्य, निवर्तमान मेयर ढुण्डीराज लामिछाने, तुलसीपुर उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राम प्रसाद चालीसे, रेडियो तुलसीपुर तथा न्युज २४ टेलिभिजनका समाचार सम्पादक सुशिल बस्नेत, समाजसेवी शेशुराम भण्डारी तथा प्रजातान्त्रिक उद्योग बाणिज्य संघका अध्यक्ष श्री जनक खराल लगायतले बोलेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि श्री हिराचन्द्र के.सी.ले यस क्षेत्रमा वित्तीय संस्थाहरु बीच प्रतिस्पर्धा धेरै भएतापनि यस विकास बैंकको सेवा र वित्तीय आँकडा राम्रो देखिएकोले सबैले खाता खोली कारोबार गर्न अनुरोध गरे । साथै अबको राष्ट्रिय एजेण्डा आर्थिक समृद्धिको भएको हुनाले मुक्तिनाथ विकास बैंक जस्ता वित्तीय संस्थालाई तुलसीपुरमा स्वागत गर्न पाउँदा खुसी भएको र सफलताको शुभकामना व्यक्त गरे ।

सभाध्यक्ष तथा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री भरतराज ढकालले उपस्थित सम्पूर्णलाई धन्यवाद दिंदै वक्ताहरुले दिएको शुभकामना र सुझाव बमोजिम उत्कृष्ट सेवा प्रदान गर्न सधैं प्रतिबद्ध रहने बताए । विकास बैंकले योगदान दिने र सो मा सबैको सहयोग र साथ दिन अनुरोध गरे ।

You might also like

Comments are closed.