मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

पोखरा, १९ फागुन ।
मुक्तिनाथ विकास बैंक लिमिटेडले  “सबैमा वित्तीय साक्षरता, आजको आवश्यकता” भन्ने मूल आशयका साथ विभिन्न ५ स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विगत ५ बर्ष देखि यस्ता कार्यक्रम निरन्तर संचालन गर्दै आईरहेको छ ।

तनहुँमा रहेको श्री जलदेवि माध्यामिक विद्यालय, पोखरा–३२,  स्थित श्री ज्ञान ज्योति विद्या कुञ्ज मा.वि, रुपन्देही स्थित जनकल्याण उच्च मा.वि., पर्वतको नवजागृत उच्च मा.वि र चितवनको त्रिपुरेश्वर कृषि सहकारी संस्था लि. मा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणको लागि बीमाको प्रयोग,सफा नोटको प्रयोग , बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने कार्य गरिएको थियो । विद्यार्थीहरुको समेत आय र व्ययको लेखाजोखा गरी कसरी फजुल खर्च कम गर्न सकिन्छ ? भन्ने पनि कार्यक्रमको विषयवस्तुमा समावेश गरिएको थियो ।

सम्पन्न भएका कार्यक्रममा विद्यालयका शिक्षक, व्यवस्थापन समितिका पदाधिकारीहरु तथा स्थानीय निकायका प्रतिनिधिहरुकोे उल्लेख्य उपस्थितिे थियो । उपस्थित अथितिहरुले मुक्तिनाथ विकास बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम मार्फत विद्यार्थीहरु लगायत समुदायमा वित्तीय चेतना र वित्तीय ज्ञानमा अभिबृद्धि गर्न प्रयास गरेको प्रशंसा योग्य रहेको धारणा व्यक्त गरेका छन् । बैंकले हालसम्म २४१ वटा वित्तीय साक्षरता कार्यक्रम मार्फत कुल ४५,००० जनालाई वित्तिय साक्षरता प्रदान गरी सकेको छ । यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिईने बैंकले जनाएको छ ।

You might also like

Comments are closed.