मुक्तिनाथ विकास बैंकद्धारा राहत सहयोग

पोखरा, १० बैशाख
मुक्तिनाथ विकास बैंकले लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत देशको विभिन्न स्थानहरुमा राहत सामाग्री वितरण गरेको छ । नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारण प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाइ बैंकले राहत सहयोग गरेको हो ।

शाखा कार्यालय तुल्सीपुरले तुल्सीपुर उपमहानगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ । उक्त खाद्यान्न सामाग्री बैंकको तुल्सीपुर शाखाका शाखा प्रमुख सरोज कुमार लामिछानेले नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका छन् ।

बैंकले आगामी दिनमा पनि विपन्न परिवारलाई सम्भव भए सम्मको सहयोग गर्ने बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.