पोखरा । नेपाल सरकारले लागु गरेको देशव्यापी लकडाउनको कारण प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंक लि.ले राहत वितरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत देशको विभिन्न स्थानहरुमा राहत सामग्री वितरण गरेको छ ।
बैंकले सल्यानको त्रिवेणी गाउँपालिका लुहाममा राहत सामाग्री सहयोग गरेको छ । राहत सामग्री बैंकको लुहाम शाखाका शाखा प्रमुख सुदिन सिंहले त्रिवेणी गाउँपालिकाका प्रमुख मानबहादुर डाँगीलाई हस्तान्तरण गरे ।
बैंकले श्रीनगरको क्षत्रेश्वरी गाउँपालिका र शारदा नगरपालिकामा पनि राहत सामग्री सहयोग गरेको छ । बैंकको श्रीनगर शाखाका शाखा प्रमुख सुनिल रेग्मीले क्षत्रेश्वरी गाउँपालिकाका प्रमुख सन्तोष के.सी. र शारदा नगरपालिका उप–प्रमुख सावित्रा बस्नेतलाई राहत सामग्री हस्तान्तरण गरेका हुन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ५ मा पनि बैंकले राहत सामग्री सहयोग गरेको छ । सहयोग सामग्री बैंकका वीरेन्द्रनगर शाखाका शाखा प्रमुख खगेन्द्र मल्लले वीरेन्द्रनगर नगरपालिकाका प्रमुख राजबहादुर गुरुङलाई हस्तान्तरण गरेका थिए ।
यसका साथै, बैंकले काठमाडौंको टोखा नगरपालिका ६, धापासीमा खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ । उक्त खाद्यान्न सामग्री बैंकका बजारीकरण विभाग प्रमुख वसन्तबक्सीले टोखा नगरपालिका ६, का वडा प्रमुख महेश्वर केसीलाई हस्तान्तरण गरेका थिए ।
बैंकले सहयोग गरेको राहत सामग्री अन्तर्गत चामल, दाल, आलु, प्याज, तेल, सोयाबडी, साबुन लगायतका सामग्री रहेको छ । बैंकले लकडाउनको समयमा विपन्न परिवारलाई सम्भव भएसम्मको सहयोग गर्ने बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।
Comments are closed.