मुक्तिनाथ विकास बैंकद्वारा राहत सहयोग

काठमाडौं
मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्दै देशका विभिन्न स्थानमा राहत सामाग्री वितरण गरेको छ । बैंकको शाखा कार्यालय घोराहीले घोराही उप–महानगरपालिकाको फुड बैंकमा खाद्यान्न सहयोग गरेको छ । घोराही शाखाका शाखा प्रमुख युवराज भण्डारीले घोराही उप–महानगरपालिका वडा नं १५ का वडा सदस्य तथा बैंक तथा वित्तिय संस्थागत समन्वय संयोजक सनत कुमार श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

बैंकले धनगढी उप–महानगरपालिका –४ मा पनि राहत सामग्री सहयोग गरेको छ । बैंकका धनगढी शाखाका प्रमुख उमेश जोशीले धनगढी उप–महानगरपालिका – ४ का प्रमुख पदमराज सापकोटा र सुन्दर सुदुरपश्चिम यातायात प्रा.लिका प्रमुख दिपक थापालाई सामग्री हस्तान्तरण गरेका हुन् ।

बैंकले नार्गाजुन – ४, काठमाडौंको शक्ति कुमारी टोल सुधारलाई राहत सामाग्री सहयोग गरेको छ । सहयोग सामाग्री बैंकका सीतापाईला शाखाका प्रमुख विजय उप्रेतीले शक्ति कुमारी टोल सुधारका अध्यक्ष गोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् ।

काम गर्ने तथा आर्थिक अवस्था कमजोर भएका परिवारहरुलाई सम्भव भए सम्मको सहयोग गर्ने र बैंकका प्रमुख सुचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।

You might also like

Comments are closed.