मुक्तिनाथ विकास बैंकद्वारा ऋण मिनाहा

काठमाडौं ।

मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैंकिङ विभाग अन्तर्गत यस बैंकमा नियमित रुपमा कारोवार गर्दै आएका ग्राहकलाई कर्जा मिनाहा, काजक्रिया खर्च र आगलागी राहत वितरण गरेको छ । लगानी गरेको कर्जा रकम ग्राहकहरुले कर्जा संचालन गरिरंहदा सदस्यको मृत्यू तथा संरक्षकको मृत्यू र सदस्यको परियोजनामा आगलागी भई क्षती भएको हुदा ग्राहकको कर्जा मिनाहा, काजक्रिया खर्च तथा आगलागी राहत वितरण गरेको हो ।

बैंकको शाखा कार्यालय सल्यानटार, धादिङबाट लघु कर्जा लिएकी कैली दमिनी र महाराजगञ्ज, काठमाडौंबाट लघु कर्जा लिएकी कान्छी मर्हजनको असमायिक निधन भएकाले उनिहरुले उपभोग गर्दै आएको कर्जाको साँवा र व्याज तथा काज क्रिया रकम क्रमशः रु १ लाख ८ हजार ७ सय १७ रुपैंया र रु १ लाख १४ हजार ८० रुपैंया मृतककै घरमा गई प्रदान प्रदान गरेको छ ।
बैंकको ग्राहक सदस्य धुनिवेसी ७, खानीखोलाकी दुर्गा भण्डारी र टोखा २, बानियाटारकी मैया बानीयाको श्रीमानको असमायिक मृत्यू भएको हुदा काज क्रिया खर्च वापत ५० हजार रुपैयाँ प्रति सदस्य राहत प्रदान गरेको छ ।

बैंकको शाखा कार्यालय धार्के, धादिङबाट लघु कर्जा लिएका राधाकृष्ण कार्कीले संचालन गर्दै आइरहेको कुखुरापालन परियोजना आगलागी भै क्षति पुग्न गएको हुदा परियोजनाको स्थलगत निरिक्षण गरि राहत स्वरुप रु ५,००० रकम राहत वितरण गरिएको छ ।

विभिन्न शाखा कार्यालयहरुवाट कुल जम्मा २ लाख २७ हजार ७ सय ९७ कर्जा मिनाहा तथा राहत वितरण गरिएको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए । विषम परिस्थितीको यो समयमा पनि बैंकका कर्मचारीहरु सामाजिक तथा भौतिक दुरी कायम गर्दै ग्राहकहरुलाई स्थलगत रुपमा नै उपस्थित भै कर्जा मिनाह तथा राहत वितरण गरेका हो ।

You might also like

Comments are closed.