पोखरा । मुक्तिनाथ विकास बैंकले नयाँ बचत खाता खोल्ने ग्राहकलाई बैंकको सहायक कम्पनी मुक्तिनाथ क्यापिटलमा निःशुल्क हितग्राही खाता (डिम्याट खाता) खोल्न सकिने सुविधा उपलब्ध गराएको छ । बैंकका निक्षेपकर्ताहरुको विभिन्न वित्तीय आवाश्यकताहरु पुरा गर्दै बैंकसँगको कारोबारलाई थप दीर्घकालीन तथा मजबुत गराउन तथा बचत खाताहरुमा नविनत्तम सुविधाहरु प्रदान गर्दै जाने योजना अनुरुप यो योजना ल्याइएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।
देशभर सञ्चालनमा रहेका कुनै पनि शाखा कार्यालयमा ग्राहक स्वंयम उपस्थित भई आवश्यक कागजपत्र बुझाएको २४ घण्टा भित्र हितग्राही खाता उपलब्ध गराइने उनले बताए । भौतिक सेयर प्रमाणपत्रलाई अभौतीकरण गर्न ग्राहकबाट अनुरोध भई आएमा मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सहकार्य गरी अभौतीकरण गर्न समेत सकिने छ । यो योजना सीमितअवधिको लागि मात्र लागु हुने बताइएको छ । विकास बैंकले हाल ४२ जिल्लामा १ सय ३४ वटा शाखाहरु मार्फत वित्तीय सेवा प्रलदान गर्दै आइरहेको छ ।


Comments are closed.