मुक्तिनाथ विकास बैंक धनुषाको जनकपुरमा

पोखरा, २४बैशाख ।

मुक्तिनाथ विकास बैंक लि.ले जनकपुर उप–महानगरपालिका वडा नं. २, भानुचोकमा सोमवारबाट ७७ औं शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंक जनकपुरका प्रमुख श्री नरेश शाक्यले शाखा कार्यालयको उद्घाटन गरेका हुन् ।

शाखा कार्यालय समुद्घाटन गर्दै प्रमुख अतिथि शाक्यले मुक्तिनाथ विकास बैंकले जनकपुर क्षेत्रमा रहेका ग्रामीण तथा शहरी भेगका जनताहरुमा समावेशी वित्तीय पहुँच पु¥याउँदै ग्राहकमैत्री सेवा सुविधा प्रदान गर्ने कुरामा विस्वस्त रहेको बताए ।

कार्यक्रममा प्रदेश नं. २ का प्रदेश सभा सदस्य राम आशिष यादवले उत्पादनशील क्षेत्रमा वित्तीय सेवा विस्तार गर्न सुझाव दिंदै यसको समावेशी वित्तीय मोडल नेपाल कै नमूनाको रुपमा रहेकोे बताए ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । उनले मुक्तिनाथ विकास बैंक आफ्ना समकक्षी विकास बैंकहरु मध्ये प्रगतिका प्रमुख १० वटा सूचकहरु मध्ये ६ वटा सूचकहरुमा सबै भन्दा अब्बल रहेको जानकारी गराएका थिए । यस विकास बैंकले लिएको समावेशी वित्तिय पहूँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताए ।

बैंकका नायव प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका मानव संसाधन विभाग प्रमुख शर्मिला लम्सालले स्वागत गरेकि थिईन् ।

You might also like

Comments are closed.