मुक्तिनाथ विकास बैंक नेपालगञ्जको धम्बोजी चोकमा

पोखरा, १६ चैत ।

मुक्तिनाथ विकास बैंक लिं को नेपालगंज मा शाखा विस्तार गरेको छ । नेपालगंज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले उद्घाटन गरेका हुन् ।
प्रमुख अतिथि बैश्यले बैंकिङ क्षेत्रमा मुक्तिनाथ विकास बैंकको मोडेल राम्रो रहेको र साना उद्योग तथा उत्पादिनशील क्षेत्रमा लगानी बृद्धि गरि स्वदेशमै रोजगारीको अवसरहरु सृजना गरेमा देशको आर्थिक अवस्था पनि मजबुत हुने बताए । सो क्रममा उनले बैंक कृषि तथा उद्योगमैत्री भई स्थानीयलाई सरल र सुलभ सेवा प्रदान गर्न आग्रह गरे साथै बैकको प्रगतीको कामना  गरेका छन् ।

prime

बैंकका कम्पनी सचिव डण्डपानी ढकालले संचालन गरेको उक्त कार्यक्रममा बैंकका क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले बैंकको भावी योजनाको बारेमा व्याख्या गर्दै बैंकलाई बर्तमान अवस्थामा ल्याउनको लागि सहयोग गर्ने सम्पूर्ण ग्राहक तथा सरोकारवालाहरुलाई आभार ब्यक्त गरेका थिए ।

कार्यक्रमका बिशिष्ट अतिथि नेपाल राष्ट्र बैंक नेपालगंज कार्यालयका उप–निर्देशक श्री कमल प्रकाश कालाथोकीले बैंकलाई शुभकामना दिदैं बैंकले कर्जाको आवश्यकता पहिचान गरि सोही क्षेत्रमा लगानी गरि साना साना कर्जा प्रबाह गर्दै सबैलाई उद्यमी बनाउन सहयोगी भूमिका खेल्नु पर्ने बताए ।नेपालगंज उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष प्रमोद रिजाल, भेरी सहकारी संस्था लि.का अध्यक्ष, उद्योग बाणिज्य संघ वरिष्ठ सदस्य तथा उज्वल पुस्तक पसलका प्रोप्राईटर श्री वसन्त लामिछाने, क्यान महासंघ बाँकेका पूर्व उपाध्यक्ष तथा सेन्चुरी ईन्फोटेक नेपालगंजका सञ्चालक संजय थापा लगायतले बोलेका थिए ।

कार्यक्रमका सभापति तथा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री भरत राज ढकालले बैंकको नितिगत ब्यवस्था नै न्यून वर्गका जनताहरुको आय आर्जन उकास्ने र अर्थतन्त्रलाई सृदृढ बनाउने खालको भएको बताए । सो क्रममा उनले रेमिटान्स हातमा होईन खातामा हुनु पर्छ भन्ने कुरा लाई जोड दिदै बैंकले आफ्नै मुक्तिनाथ रेमिटान्सबाट देश भरि सेवा प्रदान गर्दै आईरहेको कुरा समेत जानकारी दिए । साथै उनले उक्त शाखा सञ्चाल सगैं बैंकले उपत्यका भित्र ९ वटा शाखा तथा उपत्यका बाहिर ६६ वटा शाखा सहित कुल ७५ वटा शाखा कार्यालयबाट रेमिटान्स सेवा, सि–आस्बा तथा वित्तीय सेवा प्रवाह गर्दै आईरहेको बताए ।

You might also like

Comments are closed.