मुक्तिनाथ विकास बैंक र हाउस अफ ईन्टेरियर बीच सहकार्य

 

काठमाण्डौं ।

मुक्तिनाथ विकास बैंक लिमिटेड कमलादी र हाउस अफ ईन्टेरियर सुकेधारा, काठमाण्डौंबीच बैंकका ग्राहकहरुलाई कम्पनीले दिने सेवामा तोकिएको शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा  हाउस अफ ईन्टेरियरको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत सुमेर ज्ञवाली  र बैंकका तर्फबाट  सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले हाउस अफ ईन्टेरियरका सेवाहरुमा (Interior Product, Electricity, Marble, Furniture and Fixture, Furnishing, woodworks, 3D Design,  Interior Designing) आकर्षक छुट पाउने व्यवस्था गरिएको छ ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३८ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत, निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । बैंकले Balance Certificate, Cheque Book, Good For Payment Cheque जारी शुल्क र अन्तरशाखा बैंकिङ्ग कारोबार सेवा निशुल्क गरेकोे छ । साथै बैंकको ग्राहकले VISA Network अन्तर्गत जुन सुकै बैंकको ATM बाट विना शुल्क रकम झिक्न सकिने बैंकले जनाएको छ ।

You might also like

Comments are closed.