मुक्तिनाथ विकास बैंक लि.को बरदान मुद्दति योजना

पोखरा, १४ भदौ ।

ग्राहकहरुलाई विभिन्न किसिमका वित्तीय सेवाहरु प्रदान गर्दै आईरहेको मुक्तिनाथ विकास बैंक ले अर्को नयाँ सेवाको रुपमा “मुक्तिनाथ बरदान मुद्दति” योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले १ वर्ष अवधिमा न्युनतम रु. ५ लाख देखि निक्षेप राख्न सक्नेछन् ।बैंकले यस योजना अन्तर्गत राख्ने निक्षेपमा बार्षिक ११.५० प्रतिशत व्याजदर प्रदान गर्ने छ ।

यस योजना बैंकको देशैभरी फैलिएका आफ्ना ९५ वटै शाखा वाट उपलब्ध हुने छ । बैंकले आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स,आस्वा, भिसा डेबिट.कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

You might also like

Comments are closed.