मुक्तिनाथ विकास बैंक लि. र जनप्रिय बहुमुखि क्याम्पस विच सम्झौता

पोखरा, १५ असार ।

मुक्तिनाथ विकास बैंक लि.र जनप्रिय बहुमुखी क्याम्पस पोखरा विच मानव संसाधन व्यवस्थापन गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने क्रममा जनप्रिय बहुमुखी क्याम्पसवाट विविए÷विविएस÷एमविए र एमविएसमा उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने ५ जना विद्यार्थीहरुलाई क्षमता र दक्षताका आधारमा आवश्यक प्रकृया पुरा गरी कर्मचारीको रुपमा नियुक्त गर्ने निर्णय भएको छ ।

यसवाट शैक्षिक वेरोजगारीको उचित र सहि व्यवस्थापन गर्न सकिनेमा दुवै पक्ष विश्वस्त छन् । सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट क्षेत्रीय प्रवन्धक वावुराम ढकाल र जनप्रिय बहुमुखि क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख विरन्जी गौतमले हस्ताक्षर गरेका छन् ।

You might also like

Comments are closed.