मुक्तिनाथ विकास बैंक लि. र पोखरा विश्व विद्यालय विच सम्झौता

पोखरा, ९ साउन ।

मुक्तिनाथ विकास बैंक लि. र पोखरा विश्वविद्यालय, स्कूल अफ विजनेस विच बैंकमा आवश्यक पर्ने मानव संसाधन व्यवस्थापन गर्ने गराउने गरी एक आपसमा सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकलाई आवश्यक पर्ने जनशक्ति व्यवस्थापन गर्ने क्रममा पोखरा विश्वविद्यालयवाट विविए, विआइ र एमविएमा उत्कृष्ट अंक ल्याई उत्तिर्ण हुने ५ जना विद्यार्थीहरुलाई क्षमता र दक्षताका आधारमा आवश्यक प्रकृया पुरा गरी कर्मचारीको रुपमा नियुक्ति गर्ने, विभिन्न विभाग अन्तर्गत अध्ययन गर्ने विद्यार्थीहरुलाई इन्टर्नशीप गर्न अवसर प्रदान गर्ने र बैंकिङ्ग सम्बन्धी आवश्यक तालिम तथा ब्यवहारिक ज्ञान आदान प्रदान गर्ने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात शैक्षिक योग्यता हासिल गरी सके पछि देखिने वेरोजगारी समस्या लाई व्यवस्थापन गर्न सहयोग पुग्नेमा दुवै पक्ष विश्वस्त छन् । सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंक लि.को तर्फबाट क्षेत्रीय प्रवन्धक श्री बाबुराम ढकाल र पोखरा विश्वविद्यालयको तर्फबाट पोखरा विश्व विद्यालय, स्कूल अफ विजनेसका निर्देशक डा. रविन्द्र घिमिरले हस्ताक्षर गरेका छन् ।

footwear exchange
You might also like

Comments are closed.