मुक्तिनाथ विकास बैंक र नर्भिक अस्पताल, थापाथली बीच सहकार्य

पोखरा, ३१ जेठ ।

मुक्तिनाथ विकास बैंक लि. र नर्भिक अस्पताल, थापाथली बीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री प्रद्युमन पोखरेल र अस्पतालको तर्फबाट महाप्रवन्धक श्री प्रदिप कुमार झा ले हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिजा डेबिट कार्डवाहक ग्राहकहरूले नर्भिक अस्पतालमा उपचार गराउँदा तोकिएका शुल्कमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।

मुक्तिनाथ विकास बैंक लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, १३ वटा ए.टि.एम. र तीन लाख पचत्तर हजार ग्राहकवर्गलार्इ आधुनिक बैंकिङ, लघुवित्त बैंकिङ र ग्रामीण बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । आफ्ना ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, भिसा ए.टि.एम.कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...