मुख्यमन्त्री भनाईः गण्डकी प्रदेशमा ५ वर्षभित्र ३ हजार मेघावाट विद्युत उत्पादन

आर्थिक आवाज
पोखरा, १६ भदौ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पाँच वर्ष भित्रमा गण्डकी प्रदेशमा तीन हजार मेघावाट विद्युत उत्पादन गर्ने उद्देश्यका साथ प्रदेश सरकार अगाडि बढेको बताएका छन् । अझैपनि गण्डकी प्रदेशमा १४ प्रतिशत जनताको घरमा विद्युतको पहुच पुग्न नसकेको बताउँदै त्यस्ता जनतालाई लक्षित गरेर गण्डकी प्रदेश सरकारले पाँच वर्ष भित्रमा तीन हजार मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्यका साथ प्रदेश सरकार अगाडि बढेको मुख्यमन्त्री गुरुङको भनाइ रहेको थियो ।

एबीसी टेलिभिजन गण्डकी प्रदेश ब्युरोले टेलिभिजनको १०औं वार्षिकोत्सवको अवसरका पोखरामा आयोजित ‘हाम्रो नेपाल उज्यालो नेपाल’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले प्रदेश सरकारले पांच वर्ष भित्र तीन हजार मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको बताएका हुन । मन्त्री गुरुङले गण्डकी प्रदेशलाई उज्यालो प्रदेश बनाउने लक्ष्यका साथ अगाडि बढिरहदा एबीसी टेलिभिजनले समसामयिक विषय उठान गरेकोमा धन्यवाद ब्यक्त गरे । मन्त्री गुरुङले संघीय सरकारका कर्मचारीले प्रदेश सरकारलाई असहयोग गरेको गुनासो समेत गरे ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले मुलुकमा लोडसेडिङ पूर्ण रुपमा अन्त्य भएको बताउँदै प्राविधिक कारणबस कही कतै विद्युत आपूर्तिमा अवरोध भएको बताए ।

केहिबेर लाइन काटिदा लोडसेडिङ भयो भन्ने मानसिकता भएको भन्दै एउटै पोलमा ४ वटा सर्किट भएकाले, एउटामा समस्या आउदा सवै लाईन काटेर मर्मत गर्नुपर्ने, जिर्ण बन्दै गएको पोलहरु लडदा लाइन जाने जस्ता प्राविधिक कारणलाई लोडसेडिङ भन्न नमिल्ने उनले बताए । अब चाडै प्राविधिक समस्याहरु पनि समधान हुने घिसिङको भनाइ रहेको थियो ।

एबीसी टेलिभिजनको अध्यक्ष शुभशंकर कंडेलले एबीसीले विभिन्न राजनीतिक परिस्थितिका आधिवेरी पन्छ्याउदै गाउँ, शहर र दुनियाँ बिउँझाउन, वास्तविक सुचना दर्शकसम्म पु¥याउन निरन्तर लागि परेको बताए । तर अहिले मिडियालाई तर्साउने कानुन बनेकोले त्यसले ठुलो खतरा उब्जेको र त्यसलाई सम्बोधन गर्नुपर्ने भनिएपनि ढिलाई भएको उनले बताए । संक्रमणकालिन राजनीतिमा निकाश दिन मिडिया तर्फबाट महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै अब आर्थिक सम्बृद्धिका लागि निरन्तर लागिरहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा पोखरामा क्रियाशिल १० जनालाई सम्मान गरिएको थियो । सम्मानित हुने संस्थामा युनाइटेड क्लव पोखरा, मुक्तिनाथ बिकास बैक लिमिटेड, पोखरा बृहत सफाइ अभियान, युवा उद्यमी माइकल कर्माचार्य, पर्यटन ब्यवशायी नरेश भट्राइ र शुन्दर कुमार श्रेष्ठ, समाजसेवी मिना गुरुङ, सामाजिक अभियनता हिरु पुन, सांस्कृतिक अभियनता मेनकाजी गुरुङ र सचेतना समाज पोखरा रहेका छन् ।

सम्मानित हुने व्यक्ति तथा संस्थालाई गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा, एबीसी टेलिभिजनका अध्यक्ष तथा मिडिया सोशाइटी नेपालका अध्यक्ष शुभ शंकर कंडेलले संयुक्त रुपमा सम्मान गरेका थिए । कार्यक्रममा एबीसी टेलिभिजन गण्डकी प्रदेश ब्युरो पोखराका ब्युरो प्रमुख एम बी आस्था, पर्यटन वोर्ड गण्डकी प्रदेशका प्रवन्धक सूर्य थपलिया, पत्रकार राजन पौडेल लगायतले वोलेका थिए ।

You might also like

Comments are closed.