मुख्य न्यायधिवक्ताको काम सम्बन्धी विधेयक प्रमाणीकरण

पोखरा, ७ भदौ । गण्डकी प्रदेशका प्रदेश प्रमुख बाबुराम कुँवरले प्रदेश सभाले पारित गरेको ‘मुख्य न्यायधिवक्ताको काम, कर्तव्य, अधिकार तथा सेवा शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई प्रमाणीकरण गरेका छन् ।

प्रदेश सभाले साउन ३१ गते पारित गरेको उक्त विधेयक प्रदेश प्रमुख कुवँरले विहिबार प्रमाणिकरण गरेका हुन् । प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई नेपालको संविधान धारा २०१ को उपधारा १ बमोजिम गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले भदौ ५ गते प्रमाणित गरेका थिए ।

सभामुखले प्रमाणित गरेपछि प्रदेश सभा सचिवालयले प्रमाणिकरणका लागि प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो । प्रदेश प्रमुख कुँवरले पाउने बित्तिकै विहीबार नै उक्त विधेयकको पाँच प्रतिमा हस्ताक्षर गरि प्रमाणिकरण गरेका थिए ।

नेपालको संविधान धारा २०१ को उपधारा २ बमोजिम प्रदेशश प्रमुखले विधेयक प्रमाणिकरण गर्नुपर्ने प्रावधान रहेको छ । सोही धाराको उपधारा ५ बमोजिम प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि यो विधेयक ऐन बन्छ ।

गण्डकी प्रदेश प्रमुखको कार्यालयका कानून अधिकृत अनम सुवेदीले प्रदेश प्रमुख कुँवरले प्रमाणित गरेको विधेयकमध्ये एक प्रति प्रदेश प्रमुखको कार्यालयमा राखिएको छ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेश सभाको सचिवालय र संघिय कानून तथा संसदिय व्यवस्था मन्त्रालयमा एक÷एक प्रति विहीबार नै पठाइएको जानकारी दिए ।

You might also like

Comments are closed.