मुग्लानी स्वादको एक वर्षे पोखरेली यात्रा

आर्थिक आवाज
पोखरा । पोखराको न्युरोडमा रहेको मिड टाउन ग्यालेरियामा अन्तर्राष्ट्रिय स्तरको सेवासुविधा सहित दि मुग्लान रेस्टुरेन्ट एण्ड बार सञ्चालनमा आएको एक वर्ष भएको छ । लामो समयसम्म अष्ट्रेलियामा सञ्चालित दि मुग्लान रेस्टुरेन्ट पोखरामा स्थापना भएको छोटो समयमा ग्राहकहरुको विश्वास जित्न सफल भएको सञ्चालक राजमान थकालीले बताए । शुक्रबार आयोजित्र पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘दि मुग्लान रेस्टुरेन्टले अपेक्षा गरेभन्दा बढी सफलता प्राप्त गरेको छ । ग्राहकको विश्वास जितेको छ ।’

अष्ट्रेलियामा बिगत ८ वर्षदेखि सञ्चालित दि मुग्लान रेस्टुरेन्टले पोखरामा शाखा बिस्तार गरेको एक वर्षको अवसरमा साता ब्यापी वार्षिकोत्सव कार्यक्रम तय गरेको छ । स्थापनाको पहिलो वार्षिकोत्सवका अवसरमा फरवरी १० (माघ २७) देखि १६ (फागुन ४) सम्म विविध सांगीतिक कार्यक्रम तय गरेको थकालीले जानकारी दिए ।

फरवरी १० मा वार्षिकोत्सवको समुदघाटनसँगै नेपालका चर्चित गायक शिव परियारको विशेष प्रस्तुति रहने म्यानेजर सन्तोष गुरुङले जानकारी दिए । साताव्यापी रुपमा मनाइने वार्षिकोत्सवका क्रममा सुगम संगीतका चर्चित गायक सुगम पोखरेल, मीलन अमात्य नेवार, समृद्धि राई, निलिमा थापा मगर, प्राप्ति एण्ड ब्रदर्श व्याण्ड र मोलोडियस ब्याण्डको विशेष साँगीतिक प्रस्तुति रहने उनले बताए ।

दि मुग्लान स्थापनाको दोस्रो वर्ष प्रवेशसँगै लगानी समेत विस्तार भएको छ । ग्राहकको मागलाई मध्यनजर गर्दै सेवा विस्तार गरिएको पत्रको पत्रकार सम्मेलनमा सञ्चालक थकालीले बताए । दि मुग्लानले ८० जना क्षमताको सभाहलको सुविधा थप गरेको छ । ‘ग्राहकको स्वास्थ्यलाई मध्यनजगर गर्दै फ्रेस जुसबारको सेवा थप गरेका छौं,’ उनले भने, ‘आइसक्रिम पार्लर तथा ग्राहकको थप मनोरञ्जनका लागि २ वटा क्यारावके रुम (आफै गाउन मिल्ने) पनि राखेका छौं ।’ साना बालबालिकाहरुलाई मध्यनजर गरी प्ले जोन (बालउद्यान) निर्माण गरिएको मार्केटिङ म्यानेजर सुरज थापाले बताए । ‘टर्किज कबाब र होल चिकेन रोस्टको सेवा समेत थप भएको छ,’ उनले भने ।

अष्ट्रेलियाकै गुणस्तरमा पोखरामा खानाका पारखीहरुलाई सेवा उपलब्ध गराइरहेको सञ्चालक थकालीले बताए । ‘२ सय जना भन्दा बढी ग्राहकलाई एकैपटकमा सेवा प्रदान गर्न सक्ने गरी सञ्चालित रेस्टुरेन्टमा शान्त तथा पूर्ण पारिवारिक वातावरणमा सेवा उपलब्ध गराइरहेका छौं,’ उनले भने, ‘रेस्टुरेन्टमा उत्कृष्ट हाइजेनिक थकाली खाना खुवाउँछौ ।’ हरेक साँझ सांगीतिक कार्यक्रमको साथमा सेवा उपलब्ध गराइइरहेको उनले जानकारी दिए ।

You might also like

Comments are closed.