मुटु र पाठेघर क्यान्सरसम्बन्धी रक्त परीक्षणबारे अन्तरक्रिया

पोखरा, १५ फागुन । पोखराका स्त्री तथा प्रसूती रोग विशेषज्ञ र फिजिसियनहरुसँग मुटु र पाठेघर क्यान्सरका विभिन्न रक्त परीक्षणबारे अन्तक्र्रिया भएको छ । रोस कम्पनीको सहयोगमा पोखराको सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि ९युआरएल० ले सोमबार कार्यक्रम आयोजना गरेको हो । सहभागीलाई प्रयोगशालाबारे अन्तर्राष्ट्रिय विज्ञ डां सन्दीप सेवुलिकरले पाठेघरको क्यान्सरबारेका परीक्षण सिए १२५, एचइ ४ को उपयोगिता र पाठेघरको क्यान्सर पत्ता लगाउन यी परीक्षणको भूमिकाबारे उनले प्रकाश पारे । कार्यक्रममा हार्ट फेलिएर र हार्ट एट्याक्टबारे जानकारी दिने टोपटी एचएस र एन्टीप्रो बिएनपीबारे समेत छलफल भएको छ ।

एन्टीप्रो बिएनपी र एचइफोर परीक्षण नेपालमा युआरएलमा मात्र हुन्छ । कार्यक्रममा पोखराका २० जना स्त्री तथा प्रसूति रोग विशेषज्ञ तथा १८ फिजिसियन सहभागी थिए । कार्यक्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा बुद्धिबहादुर थापाले हालै भइरहेका नयाँ प्रविधि र परीक्षणबारे चिकित्सकहरु जानकार हुनैपर्नेमा जोड दिए । उनले सही उपचारका लागि सही निदान जरुरी हुने र त्यसका लागि संवेदनशील र विशिष्ट प्रकारका रक्त परीक्षणसमेत आवश्यक पर्ने बताए ।

एक जिम्मेवारी ल्याबको हैसियतले प्रयोगशालाको क्षेत्रमा भएका नयाँ विकासबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको युआरएलका अध्यक्ष सुशील थापाले बताए । युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले प्रयोगशाला क्षेत्रमा आएका नयाँ प्रविधि र परीक्षण भित्र्याएर गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिकको अधिकार सुनिश्चित गर्ने आफूहरु लागिरहेको बताए ।

You might also like

Comments are closed.