मुठीदानबाट संकलित चामल बृद्धाश्रमलाई

पोखरा, ३ वैशाख ।

पोखरा १७ बिरौटास्थित सुशान्त टोल सुधार समिति र टोलबासीको सक्रियतामा संकलित मुठी दान बृद्धाश्रमलाई हस्तान्तरण गरिएको छ । दानबाट ६१ केजी चामल र १८ हजार ४ सय ८६ रुपैयाँ संकलन भएको थियो ।

संकलित चामल पोखरा बृद्धाश्रमलाई हस्तान्तरण गरिएको स्थानीय विजय पाठकले जानकारी दिए । नगदलाई अक्षयकोषमा जम्मा गरिएको छ । उनीहरुले बिगत ४ वर्षदेखि उक्त दान संकलन गर्दै आइरहेका छन् । मुठ्ठी दान वैशाख, साउन र माघ १ गते संकलन हुने पाठकले बताए ।

You might also like

Comments are closed.