मुत्ररोग सम्बन्धि शल्य चिकित्सकहरुको पाँचौ राष्टिय सम्मेलन पोखरामा

पोखरा, ८ फागुन
मुत्ररोग सम्बन्धि शल्य चिकित्सकहरुको पाँचौ राष्टिय सम्मेलन विहिवारदेखी पोखरामा सुरु हुदै छ । नेपाल मुत्ररोग सम्बन्धि शल्य चिकित्सकहरुको राष्टिय संगठन नेपालको आयोजनामा तिन दिने सम्मेलन पोखरामा हुन लागेको आयोजकले वुधवार पोखरामा पत्रकार सम्मेलन गरि जानकारि दिए ।

सम्मेलनमा नेपाल सगै भारत, चिन, श्रीलंका, पाकिस्तान, मलेशिया, सुंक्त राज्य अमेरिका, हंङकङ, सिंगापुर, लगायतका देशका गरि दुई सय जना मुत्ररोग सम्वन्धि शल्य चिकित्सकहरुको सहभागिता रहने छ ।  हाल महिलाहरुमा पिसाव सम्वन्धि रोग बढी रहेकोले सम्मेलनमा महिलाहरुको मुत्ररोग सम्वन्धी भावी कार्यदिशाका वारेमा छलफल हुनेछ । सानै उमेरमा आमा बन्ने, धेरै बच्चा जन्माउने, अस्पतालमा भन्दा पनि घरमै बच्चा जन्माउने, लामो प्रशव पिडा र सुत्केरी अबस्थामा उचित स्हाहार नपुगेका कारण महिलाहमा विसाव चुहिने पिसाव रोक्न नसक्ने पाठेघर खस्ने र सक्रमण हुने समस्या बढदै गएको सम्मेलन आयोजक समितिका अध्यक्ष डा धु्रबबहादुर अधिकारीले जानकारि दिए ।

सम्मेलनमा महिलाहरुमा हुने यस्ता रोगको निराकरण गर्न राष्टिय तथा अन्र्तराष्टिय क्षेत्रमा अपनाईएका उपचार पद्धती सगै आ आफनो अनुभव आदान प्रदान लगायतका विषयमा छलफल हुनेछ । यसै गरि मुत्ररोगसगै सम्वन्धि अन्य रोगहरु पत्थरी, क्यान्सर, संक्रमण सम्वन्धि आधुनिक उपचार पद्धतीको वारेमा पनि अनुभव आदान प्रदान सगै छलफल हुने छ । तिनदिने सम्मेलनको पहिलो दिन विहिवार ति रोग संग सम्बन्धित आठ बटा अप्रेशनका भिडियो हेरि सहभागिहरुले त्यसमा छलफल गर्नेछन भने दोस्रो र तेस्रो दिन विभिन्न विषयमा विभिन्न ६५ वटा कार्यपत्रहरु प्रस्तुत हुनेछन् ।

हाल महिला पुरुष दुवैमा पिसाव चुहिने रोग बढीरहेको भए पनि रोग लुकाउने गरेकाले समस्या पैदा भएको भन्दै अधिकारिले पिसावको रोग संग सम्बन्धित सबै रोगको नेपालमै उपचार हुने जानकारि दिदै रोग नल्ुकाउन सबैलाई आग्रह समेत गरे । पत्रकार सम्मेलनमा संगठनका केन्द्रिय अध्यक्ष प्राडा चन्द्र शेखर, महासचिव पवनराज चालिसे, सम्मेलन आयोजक कमिटिका सचिव डा हरिबहादुर थापा र कोषाध्यक्ष डा गणेशभक्त आर्चाय लगायतले मुत्ररोग सम्बन्धि विभिन्न विषयमा जानकारि दिएका थिए । ०६१ सालमा स्थापना भएको संगठन हाल १ सय २३ जना चिकित्सकहरु आवद्ध रहेको र ७ जनाले सदस्यको लागि निवेदन दिएको कार्यक्रममा जानकारि दिईयो ।

You might also like

Comments are closed.