मुनाल सहकारीको दशौं बार्षिक साधारणसभा सम्पन्न

पोखरा, ३१ भदौ ।

कास्की जिल्लाभर कार्यक्षेत्र रहेको मुनाल बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईको अध्यक्षतामा आयोजित सभामा अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा समिति संयोजकबाट प्रस्तुत वार्षिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।

सभामा बोल्दै प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापामगरले मुनाल सहकारी कास्कीका सहकारीहरु मध्ये अग्रणी सहकारीका रुपमा स्थापित भएकोमा खुसी व्यक्त गर्दै अब सहकारी उत्पादनमुलक क्षेत्रमा लाग्नुपर्ने बताए । गण्डकी प्रदेश सरकारले पहिलो पटक सहकारी ऐन ल्याउन लागेको समेत मन्त्री थापाले जानकारी दिए ।

कार्यक्रमका विशेष अतिथि पोखरा महानगरपालिका वडा नं. ९ का वडाअध्यक्ष रामराज लामिछानेले सहकारी र वडाको समन्वयमा जनताको आर्थिक उन्नती र सामाजिक उत्तरदायित्वका धेरै कार्यहरु गर्न सकिने भएकाले मुनाल सहकारीसँग सहकार्य गर्न तयार रहेको बताए ।

दशौं वार्षिक साधारण सभाका अवसरमा सहकारीका शेयर सदस्य सन्तोष घिमिरेलाई उत्कृष्ट निक्षेपकर्ता र मायादेवी अधिकारीलाई उत्कृष्ट ऋणीबाट सम्मान गरिएको थियो । सोही अवसरमा उत्कृष्ट कर्मचारीबाट संस्थाका व्यवस्थापक अमर थापा र जेष्ठ सेयर सदस्य रगबहादुर गुरुङलाई सम्मान गरिएको संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले बताए ।

कार्यक्रममा कास्की बचत तथा ऋण सहकारी संघका संचालक निरज थापा, पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टरका प्रबन्ध निर्देशक बासुदेब कोइराला, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, ओम डेभलपमेन्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत बुद्धीकुमार मल्ल, संस्थाका सल्लाहकारहरु अर्जुन बञ्जारा र दिलीपराज श्रेष्ठ, निवर्तमान अध्यक्ष मेघनाथ काफ्ले, पूर्व अध्यक्ष विनोद ढुंगाना, उपाध्यक्ष खेमनारायण खनाल, सचिव मगनलाल श्रेष्ठ, कोषाध्यक्ष नारायण बहादुर थापा, लेखा समिति संयोजक शुशन पौडेल, सम्मानित उत्कृष्ट निक्षेपकर्ता सन्तोष घिमिरे, व्यवस्थापक अम्बरबहादुर थापा, सदस्य डिल कुमारी पौडेल लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.