मुनाल सहकारी एघारौं वर्षमा, कोपिला नेपाललाई आर्थिक सहयोग

आर्थिक आवाज
पोखरा, ३ माघ । पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिहीबारबाट स्थापनाको दशौं वर्ष पुरा गरी एघारौं वर्षमा प्रवेश गरेको छ । सहकारीले आफ्नो एघारौं वार्षिक उत्सवको अवसरमा पोखरा महानगरपालिका वडा ६ लेकसाइड स्थीत कोपिला नेपाललाई आर्थिक सहयोग छ । सहकारीले १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।

एक समारोहका बिच कोपिला नेपालका संस्थापक अध्यक्ष तीर्थ थापा र कार्यकारी निर्देशक बिना सिलवाललाई सहकारी संस्थाका अध्यक्ष दुर्गाप्रसाद हुमागाईले सहयोग रकम हस्तान्तरण गरे । कार्यक्रममा मुनाल सहकारीका सञ्चालकहरु र कोपिला नेपालका प्रतिनिधीहरुको उपस्थिति थियो ।

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत कोपिला नेपालले संचालन गरेको महिला सुरक्षा घरको संचालानार्थ आर्थिक सहयोग हस्तान्तरण गरेको सहकारी संस्थाका सचिब मगन लाल श्रेष्ठले बताए । सहकारीले हरेक वर्ष आफ्नो वार्षिक उत्सवमा यसरी नै बिभिन्न सामाजिक कार्य गर्दै आइरहेकोेछ ।

२०६५ माघ ३ गतेदेखि कारोबार सञ्चालन गरेको सहकारीको कास्की जिल्लाभरी कार्यक्षेत्र छ । सहकारीले पोखराको नयाँबजारस्थित आफ्नै निजी भवनबाट आफ्ना सेयर सदस्यलाई वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

You might also like

Comments are closed.