पोखरा ।
पोखराको चिप्लेढुङ्गामा रहेको ‘मुनाल स्टोर्स’ २२औं वर्षमा प्रवेश गरेको छ । स्टोर्सले २०५६ भदौ २१ गते १५ लाख लगानीबाट पोखरामा व्यापार शुरुवात गरेको हो । पोखरा र आसपासका जनतालाई सुपथ मूल्यमा, सुलभ तरिकाले गुणस्तरीय सामान उपलब्ध गराउने उद्देश्यले स्टोर्स सञ्चालन गरेको मोती भूजेलले जानकारी दिए । मुनाल स्टोर्सलाई पूर्ण कम्प्यूटर प्रणाली र सीसी क्यामेरा जडान गर्दै सुविधा सम्पन्न आधुनिक डिपार्टमेन्टल स्टोर्समा परिणत गरिएको उनले बताए ।
स्टोर्सले पारिवारिक वातावरणमा विभिन्न उपभोग्य सामानहरु छिटोछरितो रुपमा ग्राहकलाई उपलब्ध गराउदै आएको छ ।स्टोर्सले कोभिड कहरमा आफु बचौं र अरुलाइ पनि बचाऔं भन्दै होम डेलिभरि को सुबिधा पनि यसै बिच उपलब्ध गराएको छ । पोखराका ग्राहकको लागि घरमा नै सामान डेलिभरी गर्ने व्यवस्था गरेको छ ।
वार्षिकोत्सवका अवसरमा स्टोर्सले सम्पूर्ण ग्राहकहरु, बिभिन्न औधोगिक र ब्यापारिक प्रतिस्ठानहरुलाई धन्यवाद ज्ञापन गर्दै ग्राहकको सेवा सुविधामा सधैं समर्पित हुने प्रतिबद्धतासमेत व्यक्त गरेको छ । ‘ग्राहकको मायाले नै हामी यहाँसम्म आइपुगेका छौं’ भूजेलले भने ‘ग्राहकको अझ माया पाउनेमा हामी विश्वस्त छौं ।’ मुनाल स्टोर्सले अझ सेवा विस्तार गर्दै अगाडि बढ्ने बताएको छ ।
Comments are closed.