मुलुक अब सुपर कम्प्युटर युगमा ! केयुले भित्र्यायो यस्तो कम्प्युटर

बनेपा, १६ पुस । मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको छ । नेपालको प्राज्ञिक उत्कृष्टताको अगुवाइ लिइरहेको काठमाडौँ विश्वविद्यालय (केयु)ले काभ्रेस्थित आइटी पार्कमा पहिलोपटक सुपर कम्प्युटर भित्र्याएसँगै मुलुक सुपर कम्प्युटर युगमा प्रवेश गरेको हो । यो समाचारलाई आजको नागरिक दैनिकले छापेको छ ।

साधारण कम्प्युटरले भन्दा हजारौँ गुणा छिटो गणना (प्रोसेसिङ) गर्ने क्षमता भएको सुपर कम्प्युटर नेपालको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा अनुसन्धान गर्न उपयोगी हुने केयूका असिस्टेन्ट प्रोफेसर (फिजिक्स) डा. राजेन्द्र अधिकारी बताउँछन् ।

You might also like

Comments are closed.