मुशहर बस्तीमा रेन्बो चिल्ड्रेन होमको राहत वितरण

पोखरा, २५ पुस । रेन्बो चिल्ड्रेन होम नेपालले मुशहर समुदायका बालबालिका, महिला एवं पुरुषलाई राहत वितरण गरेको छ । सिराहाको गोल बजार नगरपालिका वडा न ४, चन्द्रलालपुरमा रहेका करिब १ सय ५० जना शितलहर पीडित व्यक्तिहरुलाई राहत वितरण गरिएको अध्यक्ष गोमा ढकालले जानकारी दिइन् ।

कम्मल, ज्याकेट, टोपी, ट्राउजर, मोजा, जुत्ता, चप्पल, गलबन्धी, म्याट्रेस, स्विटर लगायत न्यानो कपडाहरु बितरण गरिएको उनले बताइन् । ‘उक्त स्थानमा बसोबास गर्ने मुशहर बस्तीमा व्यवस्थित घरहरु छैनन् र उनीहरु चिसो भुइमा पराल ओछ्याएर बस्न बाध्य रहेको पाइयो,’ उनले भनिन्, ‘गरीबीको कारण उनीहरुसँग न्यानो कपडा नभएको र बालबालिकाहरु नाङै खुट्टाले हिंड्ने भएकाले चिसोको कारण बिरामी पर्ने गरेकाले राहत वितरण गरिएको हो ।’ रोट्रयाक्ट क्लब अफ मनिपाल कलेज अफ मेडिकल साइन्सेजले कपडा संकलन गर्न सहयोग गरेको थियो ।

गोल बजार नगरपालिका मेयर देवनाथ शाह, प्रशासकीय अधिक्रित गिरीराज ज्ञवाली, वडा अध्यक्षहरु, वडा सदश्यहरु, प्रहरी र स्थानीय समाजसेवीहरुको रोहबरमा राहत बितरण गरिएको ढकालले जानकारी दिइन् ।

You might also like

Comments are closed.