मुस्ताङको सौरु विद्यालयलाई गण्डकी विकास बैंककोसहयोग

पोखरा, २३ चैत

गत भदौमा मुस्ताङ जिल्लाको सौरु गाउँमा आएको बाढी पहिरोले क्षति पु¥याएको सौरु आधारभूत विद्यालयको पूर्ननिर्माणको लागि गण्डकी विकास बैंकले ४५ हजार रुपैयाँ सहयोग गरेको छ ।

विहिबार एक कार्यक्रमको आयोजना गरि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोजन हिराचनलाई बैँकका जोमसोम शाखा प्रमुख महेश थकालीले ४५ हजारको चेक हस्तान्तरण गरेका छन् । सहयोग हस्तान्तरण गर्दै उनले गण्डकी विकास बैँक लिमिटेडले आफ्नो स्थापनाकाल देखिनै सामाजिक क्षेत्रमा उल्लेख्य सहयोग गर्दै आइरहेको वताए ।

jutta mela

सो अवसरमा अध्यक्ष सोजन हिराचनले सौरु गाउँ थासाङ गाउँपालिकाको गाउँहरु मध्ये अति पिछडिएको र बाटोको हिसाबले पायक नपर्ने भएको हुँदा विकास र सहयोगको लागि कसैको नजर नपरेको र स–साना भाई बहिनीहरुको भविष्यसँग जोडीएको विषय रहेको अवस्थामा गण्डकी विकास बैंकले सहयोग गरेकोमा बैंक परिवार प्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरे ।

बैंकले आगामी दिनमा पनि यस प्रकारका सहयोगलाई निरन्तरता दिदैं जाने प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले जानकारी दिए ।

You might also like

Comments are closed.