मुख्यमन्त्री गुरुङले शुरु गरे ‘वार रुम’

आर्थिक आवाज

पोखरा, ४ फागुन। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘वार रुम’ सञ्चालन गरेका छन् । मूख्यमन्त्री गुरुङले शनिबारदेखी ‘एक्सन रुम’को नाममा ‘वार रुम’ सञ्चालनमा ल्याएका हुन् । गण्डकी प्रदेश सरकारको प्रथम वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री गुरुङले तनहुँको ब्यास नगरपालिका वडा नम्बर ५ स्थित ‘तनहुँ हाइड्रो’ पावरका प्रमुखसँग त्यहाँको भिडियो कन्फिरेन्समार्फत प्रत्यक्ष जाकारी लिदै ‘वार रुम’को उद्घाटन गरे ।

गण्डकी प्रदेशले दोश्रो विश्व युद्धताका बेलायतका तत्कालिन प्रधानमन्त्री विन्स्टन चर्चिलले प्रयोग गरेको ‘वार रुम’को झल्को दिनेगरी शुरु गरेको ‘एक्सन रुम’ मुख्यमन्त्रीको कार्यालयमा राखिएको छ । मुख्यमन्त्रीले गण्डकी प्रदेशका प्रमुख आयोजनाहरु सिधै अनुगमन गर्नका लागि ‘एक्सन रुम’ सञ्चालन गरिएको गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीराम पौडेलले बताए ।

दोश्रो विश्व युद्धताका बेलायतका तत्कालिन प्रधानमन्त्री विन्स्टन चर्चिलले ‘वार रुम’ प्रयोग गरेका थिए । जहाँबाट उनले कुन जर्नेललाई कहाँ खटाउने ? कसले के गरिरहेको छ ? र कसले के गर्ने भनेर निर्णय गर्दै निर्देशन दिने गर्दथे । युद्ध स्तरमा काम गर्नलाई प्रयोग गरिने ‘वार रुम’ गण्डकी प्रदेशले पनि सञ्चालन गरेको हो । गण्डकी प्रदेशमा भएका योजनाहरुको काम कसरी भइरहेको छ ? के अपुग भएको छ ? कहाँ कसरी काम गर्ने ? लगायतका अनुगमन र निर्देशन दिनलाई ‘एक्सन रुम’ को प्रयोग हुने प्रमुख सचिव पौडेलले जानकारी दिए ।

You might also like

Comments are closed.