मृगौला पीडित गुरुङको उपचारार्थ समाजद्धारा सहयोग

पोखरा, २५ पौष
तनहुँ समाज हङ्कङले दुवै मृगौला खराब भइ उपचारमा रहेका तनहुँको व्यास नगरपालिका–७ छापथोकका सुमन गुरुङको उपचारार्थ आर्थिक सहयोग गरेको छ । समाजले सङ्कलन गरेको २ लाख ५८ हजार ७ सय २० रुपैयाँ बिहीबार दमौलीमा एक कार्यक्रमका बीच गुरुङको परिवारलाई हस्तान्तरण गरिएको हो ।

सहयोग रकम समाजका निवर्तमान अध्यक्ष जङ्गबहादुर थापा र पूर्वअध्यक्ष भिमराज गुरुङले सुमनका आमा बिना गुरुङ र दिदी कविता गुरुङलाई सयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।  उक्त रकम तनहुँ समाज हङकङको पहलमा हाल हङकङ निवासी दीपक गुरुङ ,जसमाया गुरुङ र माया थापाले रकम सङ्कलन गरि पठाएको समाजका कार्यक्रम संयोजक प्रदीप काफ्लेले जानकारी दिए ।

२७ वर्षका मृगौला पीडित गुरुङको हाल ग्रिनसिटी हस्पिटल काठमाडौंमा उपचार भईरहेको छ ।
रोजगारीको शिलशिलामा साउदी अरबमा रहेका सुमनको दुवै मृगौला खराबी भएपछि त्यहाँको कम्पनीले नेपाल फिर्ता पठाई दिएको थियो ।
गुरुङको आर्थिक अवस्था कमजोर र आम्दानीको कुनै पनि स्रोत नभएकोले परिवारजनले उपचारमा सहयोग गर्न सबैसँग आग्रह गरेका छन्

You might also like

Comments are closed.