मेगा सहकारीमा ध्रुवराज चालिसे

पोखरा, २ मंसिर।

“हाम्रो मेगा हाम्रो आधार, मेगा बचत नै उन्नतिको पूर्वाधार”को उद्धेश्य सहित स्थापित मेगा बचत तथा ऋण सहकारी संस्था लिमिटेड न्युरोड पोखराको आठौं वार्षिक साधरणसभा तथा तेस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले साधारणसभाको उद्घाटन गर्दै सहकारीले शेयर सदस्यहरूलाई आर्थिक कारोबारमा सहजीकरण गर्दै उत्पादनमुखी क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नु पर्ने बताए । एउटै वडामा धेरै सहकारी भएकाले मर्जरमा जाने नीति अख्तियार गर्दा सहकारी लामो समयसम्म टिक्ने कुरामा जोड दिए । प्रमुख अतिथि बरालले विदेशी श्रमबजारमा जाने युवालाई रोकी कृषिजन्य उत्पादन मार्फत् उद्यमशिलता सुरु गर्न आग्रह गरे ।

अधिवेशनले सर्वसम्मत रूपमा सामाजिक अभियन्ता धु्रवराज चालिसेलाई अध्यक्षमा चयन गरेको छ । सात सदस्यीय सञ्चालक समितिको उपाध्यक्षमा राजेन्द्रप्रसाद शर्मा, सचिव केशव काफ्ले, कोषाध्यक्ष सबि श्रेष्ठ साथै सदस्यहरूमा रामेश्वर अधिकारी, दिलिपकुमार श्रेष्ठ, र विजय बजगाईं छन् । लेखा समिति संयोजकमा नेत्रनारायण पौडेल, सदस्य सुजन प्रधान र तारानाथ पहारी रहेका छन् ।

साधरणसभामा संस्थाका अध्यक्ष धु्रवराज चालिसेले भावी योजनासहितको प्रगति विवरण र लेखा समितिका कार्यवाहक संयोजक सुजन प्रधानले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदनका साथै संस्थाको विनियम संशोधन साधारणसभाले अनुमोदनसहित पारित गरेको छ ।

प्रस्तुत गरिएका प्रतिवेदनमाथि शेयर सदस्य विक्रम पन्त, गुमानसिंह गुरुङ, रुद्रमणि ढुङ्गाना, हेमन्त अधिकारी, कृष्णकान्त सापकोटा र कोपिला श्रेष्ठले टिप्पणी गरेका थिए भने संस्थाका प्रमुख कार्यकारी अधिकृत अनुराग श्रेष्ठले जवाफ र जानकारी दिएका थिए ।

कार्यक्रममा युवा उद्यमी मञ्चका केन्द्रीय उपाध्यक्ष प्रकाशदेव पालिखे, संस्थापक अध्यक्ष टंकप्रसाद अधिकारी, सल्लाहकार काशीनाथ काफलेले शुभकामना मन्तव्य दिदै संस्थाको प्रगति र उन्नतिमा सबै सदस्यहरूले चिन्तन गर्नुपर्ने बताए । साधारणसभाले निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधिको रूपमा कृष्णकान्त सापकोटा र कोपिला श्रेष्ठलाई चयन गरेको छ ।

नवनिर्वाचित अध्यक्ष धु्रवराज चालिसेले मेगाको समग्र स्तरोन्तीका लागि आगामी दिनमा देखिने खालको सकारात्मक परिवर्तन गर्ने र कर्मचारीहरूको क्षमता अभिवृद्धिमा जोड दिने प्रतिवद्धता व्यक्त गरे । संस्थाले किनेको जमिनमा आफ्नै बहुउद्धेश्यीय भवन बनाएर आगामी दिनमा कारोबार गरिने जानकारी दिए । संस्थाको शेयर पुँजी ५ करोड पु¥याई सहकारी ऐन २०७४ बमोजिम १५ प्रतिशत कृषि उत्पादन क्षेत्रमा लगानी गर्ने प्रतिवद्धता जनाए ।

निर्वाचित अध्यक्ष र सञ्चालक समितिका सदस्यहरूलाई निर्वाचन समितिका संयोजक अधिवक्ता दयाराम गौतमले प्रमाणपत्र हस्तान्तरण गरी सपथ खुवाएका थिए । सचिव केशव काफ्लेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सुरेश रानाभाटले गरेका थिए ।

footwear exchange
You might also like

Comments are closed.