मेट्रोसिटीले गर्यो कास्की नेत्रहिन संघलाई शैक्षिक तथा खेलकुद सामग्री सहयोग

पोखरा ।
लायन्स क्लब अफ पोखरा मेट्रोसिटीले दृष्टिबिहिनलाई शैक्षिक तथा खेलकुद सामग्री हस्तान्तरण गरेको छ । पोखरा २६ बुढीबजारमा रहेको कास्की नेत्रहिन संघलाई सो सामान हस्तान्तरण गरिएको हो ।

क्लबका अध्यक्ष कोईराला तथा उनको स्पाउसको जन्मदिनको अवसरमा सामग्री हस्तान्तरण गरिएको हो ।

लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि वान क्लष्टर २६ का क्लष्टर प्रमुख ऋषी गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै गिरीले क्लबले गरेको उत्कृष्ट कामको प्रसंसा गरे ।

स्लेट १५ थान , स्टाईलस ३३थान , सेतो छडी २५ थान , क्रिकेट बल ७ थान ,स्टम्प तथा ब्याट २÷२ सेट लुडो गेम २ सेट दृष्टिबिहिन ड्रोइङ बोर्ड ७ थान सहितका खेलकुद तथा शैक्षिक सामाग्री बितरण गरिएको क्लबका अध्यक्ष केदार कोईरालाले जानकारी दिए ।

हस्तान्तरण कार्यक्रममा पोखरा नेत्रहीन संघका अध्यक्ष लक्ष्मण सुवेदी लगायत क्लबका सदस्य सहभागी थिए ।

You might also like

Comments are closed.